झन्डै १९ हजार युवा स्वरोजगार हुन तयार



सुम्निमा काफ्ले, काठमाडौं
सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि–२०७५ ल्याएपछि १८ हजार ७ सय ३७ जनाले वैदेशिक रोजगार बोर्डमा नाम सूचीकृत गराएका छन् ।

वैदेशिक रोजगारीबाट स्वदेश फर्केका युवाको सीप र पूँजीको प्रयोगबाट उद्योग तथा व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले उक्त कार्यविधि ल्याइएको थियो ।
सुचिकृृत भएकामध्ये सबैभन्दा बढी ४ हजार ७ सय चालीस जनाले उधोग÷व्यवसाय गरी स्वरोजगार हुन चाहेको विदेशबाट फर्केका युवा परियोजना कर्जाका लागि वैदेशिक रोजगार वोर्ड सचिवालयमा सूचीकरणसम्बन्धी प्रतिवेदनमा उल्लेख छ ।

उक्त प्रतिवेदनका अनुसार सूचीकृतमा परेकाहरूले बाइक÷गाडी मर्मत, वर्कशप, फेन्सी÷इलेक्ट्रिक÷हार्डवेयर, फलफूल, मदिरा, प्लाष्टीक पसल, हस्तकला, निर्माण व्यवसाय, सेनेटरी प्याड उत्पादन, इटा भटा संचालन, ब्लक उद्योग, पशु क्लिनिक, फोहर ब्यवस्थापन, अगरबत्ती उत्पादन र गलैँचा हाउस आदि चलाउने इच्छा देखाएका छन् ।

यसैगरी ३ हजार ७ सय १० जनाले यातायात व्यवसायमार्फत स्वरोजगार हुन चाहेको प्रस्तावित व्यवसायिक योजनामा उल्लेख गरेका छन । यस्तै ट्याक्सी, ट्रिपर, बस, अटो र पर्यटक बस संचालन, कुखुरा,माछा गाई, चौँरी, भैसी, बाख्रा ,बुंगुर ,सुंगुर, मौरी, टर्की ,कुखुरा, बटाइचरा, हाँस आदि जस्ता पशुपालन गर्न चाहने युवाको सङ्ख्या २ हजार ६ सय ३२ रहेको छ । २ हजार २२ जनाले चिया, कफी,स्याउ सुन्तला ,अलैची क्युबी ,कागती, टमाटर,च्याउ, स्ट्रबेरी, तरकारी,उखु, केरा जस्ता कृषि व्यवसाय गरी स्वोरोजगार हुुने इच्छा देखाएका छन् ।

कुल सूचीकृत संख्यामध्ये महिला २सय ५३ र पुरुष १७ हजार ८सय ४४ रहेका छन् ।सबैभन्दा बढी निवेदन प्रदेश नं ३ का परेको छ । उक्त प्रदेशको १३ वटा जिल्लाबाट कुल १३ हजार ५ सय ५३ जना सूचीकृत भएका छन् । प्रदेश नं ६ का ९ जिल्लाबाट सबैभन्दा कम २ सय ९२ जना सूचीकृत भएका छन् ।

यसमा पनि सबैभन्दा बढी मलेसियाबाट फर्केका ६ हजार ४ सय ८ जना, साउदी अरबबाट फर्केका ४हजार ३सय९२, कतारबाट फर्केका ३ हजार ६सय ७र यूएईबाट आएका २ हजार ६सय १७ जनाले निवेदन दिएका छन् । निवदेदन दिने सबैभन्दा कम संख्या जापानबाट फर्केका ३९ जना सूचीकृत भएका छन् ।
उक्त प्रतिवेदनमा उधम वा स्वरोेजगार हुन कुल सूचीकृत संख्यामध्ये ३ सय १ जनाले १० लाख भन्दा कम, ५ हजार ७ सय८७ जनाले १० लाख र बाँकी १२ हजार ६सय ४९ जनाले १० लाख भन्दा बढी रकम प्रस्ताव गरेको जनाइएको छ ।

आर्थिक बर्ष २०७५÷२०७६ को बार्षिक बजेटको वुदां न २८ मा बैदेशिक रोजगारीबाट फर्केका युवाहरुको शिप प्रमाणिकरण गरी संबन्धीत व्यवसाय संचालन गर्न परीयोजनामा आधारित १० लाख रुपियाँसम्म ऋण उपलब्ध गराउने व्यवस्था छ ।

स्मरणीय छ, कृषि विकास बैंकलगायत अन्य बैकले सूचीकृत कामदारहरुलाई ऋण उपलब्ध गराइरहेका छन ।

वैदेशिक रोजगारीबाट फर्केका युवाहरुको सीप र पूजीको प्रयोगबाट स्वदेशमा नै उद्योग तथा व्यवसायको प्रवद्र्धन गरी राष्ट्रीय अर्थतन्त्रलाइ मजवुत गर्ने सरकारको निति छ । आर्थिक वर्ष २०७५÷२०७६ को वार्षिक बजेटको बुँदा न २८ मा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुको लागि यस्तो व्यवस्था राखिएको छ । बोर्डले गत साल मंसीर ६ गतेदेखि पुस मसान्तसम्म सूचीकृत हुनका लागि सार्वजनिक सूचना जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्