मोदीलाई प्रचण्ड बहुमत, समृद्ध भारत बनाउने संकल्प



नयाँदिल्ली (एजेन्सी)
भारतको लोकसभा चुनाव–२०१९ मा भारतीय जनता पार्टी र उसँगको गठबन्धन नेसनल डेमोक्र्याटिक एलाइन्स (एनडिए) ले प्रचन्ड बहुमत हासिल गर्ने निश्चित भएको छ ।

दुई तिहाईको नजिक पुगेको चुनावी नतिजापछि मोदीले दिल्ली मुल्ख्यालयमा आयोजित समारोहमा उक्त जितको दिन आफ्ना समर्थहरुलाई स्वतन्त्रताका सिपाहीहरुको स्मरण गर्न र देशलाई समृद्ध राष्ट्र बनाउने सकल्प गर्ने दिन भएको बतायाुभयो ।

गरिबको सामान्य आवश्यकता पुरा गर्ने हो भने सन् २०२४ अगाडी देशलाई नयाँ उचाइमा पुर्याउनुपर्ने उहाँ को भनाइ थियो । सरकार बहुमतबाट बन्ने उल्लेख गर्दै यस चुनावलाई नम्रतापुर्वक स्विकार गर्ने धारणा मोदीले राख्नुभयो ।

मोदीले भन्नुभयो– जनताले सरकार बनाउने बहुमत दिएको छ । तर लोकतन्त्रको संस्कार र उसको स्पिरिटले हामीलाई जिम्मेवारी दिन्छ कि सरकार बहुमतले नै बन्ने हो तर देश सर्वमतले बन्छ ।

प्रचन्ड बुहमतपछि पनि पुरै नम्रताका साथ लोकतन्त्रको भावनाले चल्नुपर्नेछ । संविधान हाम्रो सुप्रिम हो, उसकै छायामा हामीले चल्नु पर्नेछ – उहाँको विचार थियोे ।

चुनाव आयोगले घोषणा गरेको पछिल्लो नतिजामा भाजपा गठबन्धन एनडिएले यो समाचार तयार पार्दासम्म ८४ सिट जित हासिल गरिसकेको छ भने उसले ३ सय ४८ सिट सहित प्रचन्ड बहुमत हासिल गर्न सक्ने देखाएको छ ।

प्रमुख विपक्षी युपीए गठबन्धन ९३ सिटमा खुम्चिएको छ । युपीएले अहिलेसम्म घोषित नतिजामा २४ सिटमा जित हासिल गरिसकेको छ । यसैगरि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीको तृणमुल कांग्रेस पार्टीले २२ सिट र बाँकी अन्य पार्टीहरूले ७ सिटमा जित हासिल गरेका छन् ।

लोकसभाको ५ सय ४२ सिटमा घोषित नतिजाबाहेक २ सय ६६ सिटमा एनडिएले अग्रता हासिल गरिरहेको छ । यसमा भाजपा २ सय ३०, शिवसेना १५, जनता दल (यु) १३ ,लोजपा ५, एसएडी २, अकाली दल र एआइएडीएमके २–२ गरी अन्य तीन पार्टी एक एक सिटमा अग्रता हासिल गरिरहेका छन् ।

यसैगरी कांग्रेस नेतृत्वको गठबन्धन युपीएले ६५ सिटमा अग्रता हासिल गरिरहेको छ भने २४ सिटमा जितिसकेका छन् । यसमा कांग्रेको पोल्टामा २० सिट परेको छ भने बाँकी गठबन्धन घटकमा बाँधिएका छन् । कांग्रेसको मात्रै ३१ सिटमा अगाडि रहेको छ भन्ने द्रमुक २१ र अन्य सहयोगी ११ सिटमा अगाडी रहेका छन् ।

यसैगरी प्रमुख विपक्षी पार्टी कांग्रेस पार्टीको नेतृत्वमा रहेको युपीए (युनाइटेड प्रोगे्रसिव एलाइन्स) ८६ सिटमा अग्रता हासिल गरिरहेको छ । यसमा कांग्रेस पार्टी ५२, डिएमक २३, नेसनल कंग्रेस पार्टी ५ र अन्य तीन पार्टीको एक एक सीटमा अग्रता रहेको देखिएका छ । यसपटकको लोकसभा चुनाव सात चरणमा सम्पन्न भएका थियो ।

अत्यधिक बुहमतसहितको जीत पक्का भएपछि नयाँदिल्लीस्थित भाजपाको मुख्यालयमा अपराह्नदेखि नै उत्सव मनाउन सुरु भएको थियो । यसबिच भाजपा अध्यक्ष अमित शाल आफनो घरबाट दिल्लीस्थित पार्टी मुख्यालय पुग्नुभएको थियो । उहाँले भाजपाको यस सफलताले दुष्प्रचार र झुठको हार भएको बताउनुभयो ।

यसैबीच सबैभन्दा कडा प्रतिस्पर्धा रहेको प्रदेशका रुपमा मानिएको पश्चिम बगालमा समेत भाजपाले ठुलो सफलता हासिल गरेको छ । पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीले चुनावी अग्रतालाई लिएर प्रतिक्रिया दिँदै ट्विट गर्नुभएको छ– सबै विजेतालाई बधाई । तर हार्नेहरु पनि हारेका छैनन् । हामीले सम्पुर्ण समिक्षा गर्नु पर्नेछ र फेरी हामी आपनो विचार एक आपसमा साझा गर्नेछौं । मतगणना र भिभीपेट मिलान प्रक्रिया पुरा हुन दिनु ।

कांग्रेस अध्यक्ष राहुल गान्धीलाई उहाँकै चुनावी क्षेत्र अमेठीमा हराउने केन्द्रिय मन्त्री स्मृति इरानीले आफनो विजयमा प्रतिक्रिया दिँदै कुनै पनि कुरा असम्भव नहुने बताउनुभयो । उहाँले दुष्यन्त कुमारको कविताको एक पंक्ती पनि ट्विट गर्नुभएको छ ।

यस अभुतपुर्व विजयका सुत्रधार मानिएका भाजपा राष्ट्रिय अध्यक्ष अमित शाहले यो जित सबैको एकता , सबैको विकास नितिको विजय भएको बताउनुभएको । मोदीको नेतृत्वमा ऐतिहासिक जित हासिल भएको उल्लेख गर्दे देशमा मोदीको दु्रत चुनावी दौडले गठबन्धनको यो जितमा सबैभन्दा ठुलो आधार बनेको प्रतिक्रिया दिनुभयो ।

भाजपा कार्यालयमा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै अमित शाहले १७ राज्यमा जनताले ५० प्रतिशत भन्दा धेरै आशिर्वाद दिएको बताउनुभयो । ‘यो प्रचन्ड विजय जुन जनताले दिलाएको छ, एक अर्को जित मोदीलाई दिलाएको छ, त्यसैमा अर्कोतर्फ कांग्रेसलाई नराम्रो हारको सामना गर्नुपरेको छ ।‘–उहाले भन्नुभयो ।

चौकिदार हटाइए
चुनावमा आप्mनो गठबन्धन र पार्टिको सानदार जितपछि प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो ट्विटमा फेरी एकपटक भारतको जीत भएको उल्लेख गर्नुभएको छ । मोदीले आफनो ट्विटर ह्यान्डलबाट ‘चौकिदार‘ हटाउनुभएको छ ।
मोदीले ट्विटमा भन्नुभएको छ– अब, चौकिदार भावनालाई अर्को स्तरमा लाने समय आएको छ । यो भावनालाई प्रत्येक क्षण जीवित राख्दै प्रगतिका लागि काम गरिरहनु छ ।

‘चौकिदार नाम आफनो ट्विटर नामबाट हटे पनि आफनो अभिन्न हिस्सा रहिरहने मोदीले बताउनुभएको छ । सबैलाई यस्तै गर्न उहाँले अनुरोध गर्नुभएको छ ।

राहुल गान्धीद्वारा हार स्विकार
विपक्षी नेता राहुल गान्धीले चुनावमा पराजित भएको स्विकार गर्नुभएको छ । उहाँले हार स्विकार्दै भन्नुभएको छ–म नरेन्द्र मोदीलाई जीतको बधाई दिन्छु । हाम्रो लडार्इँ विचारधारको लडार्इँ हो । एक नरेन्द्र मोदी बीजेपीको सोच हो र अर्कोतर्फ कांग्रेसको सोच छ ।

भारतका जनताले नरेन्द्र मोदी भारतको प्रधानमन्त्री हुने आफनो पैmसला सुनाएको र आफुले त्यसको सम्मान गरेको गान्धीले उल्लेख गर्नुभएको छ । आफना कार्यकर्ताहरुलाई यस हारबाट नडराउन ढाडस दिँदै आफनो विचारधारालाई जिताउने आश्वासन उहाँले दिनुभएको छ ।

राहुल गान्धीले भन्नुभएको छ– म हारको सत प्रतिशत जिम्मेवारी लिन्छु । म अमेठीमा स्मृति इरानीको जितका लागि पनि बधाइ दिन्छु । म स्मृति इरानीलाई अमेठीलाई प्रेम पुर्वक ध्यान राख्न भन्न चाहन्छु ।

को कसले दिए बधाई ?
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नरेन्दं्र मोदीलाई ट्विट गरि विजयी भएकोमा बधाई दिनुभएको छ । उहाँले ट्विटमा लेख्नुभएको छ– उहाँसँग दक्षिण एसियामा शान्ति, प्रगती र समृद्धीका लागि काम गर्ने अपेक्षा गरेको छु ।
यसैगरी भारतको परम्परागत मित्र शक्तिका रुपमा रहेको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले प्रधानमन्त्री मोदीलाई बधाई दिनुभएको छ । पुटिनले ट्विट गरी मोदीलाई चुनावमा उहाँको पार्टी भाजपालाई प्राप्त सफलताका लागि बधाई दिनुभएको छ ।

प्रधानमन्त्री ओलीद्वारा टेलिफोन र ट्वीटबाट बधाई र शुभकामना


भारतीय निर्वाचनमा पुनः निर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिफोनमार्फत बधाई दिनुभएको छ ।

उहाँले मतगणना जारी भइरहेकै अवस्थामा ट्वीटरबाट बधाई दिनुभएको थियो । प्रम ओलीले त्यसपछि मोदीलाई फोन गरि बधाई दिनुभएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमालले जानकरी दिनुभयो ।

मोदीको विजयपछि नेपाल र भारत सम्बन्ध थप बलियो हुनेछ भन्दै प्रम ओलीले मोदीसँग झन् नजीक भएर काम गर्न चाहेको आफ्नो ट्वीटमा उल्लेख गर्नुभएको छ ।

नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको पार्टी भारतीय जनता पार्टी लोकसभा निर्वाचन–२०१९ मा भारी मतका साथ विजयी भएकोमा बधाई तथा शुभकामना दिनुभएको छ ।

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा भर्खरै सम्पन्न लोकसभाको चुनावमा भारतीय जनता पार्र्टीले ठूलो सफलता हासिल गरेकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्र्टीका अध्यक्ष अमित शाहलाई छुट्टाछुट्टै पत्र पठाई नेपाली कांग्रेस पार्र्टी र आफ्नो व्यक्तिगत तर्फबाट बधाई तथा शुभकामना दिनु भएको छ ।

नेपाल र भारत बीच सदियौँदेखि कायम रहेको पुरानो सम्बन्ध र मित्रता आगामी दिनमा थप सुदृढ र सार्थक हुँदै जानुका साथै दुबै पार्टी बीचको सम्बन्ध र सहकार्य अझ बलियोे हुने विश्वास समेत सभापति देउवाले व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्