झापाली खेलाडीलाई विदाई



भद्रपुर ।
एक नम्बर प्रदेशस्तरीय दोस्रो उपराष्ट्रपति चिल्ड्रेन गेम्समा भाग लिने झापाली खेल टोलीलाई बिहीवार विदाई गरिएको छ ।
जिल्लास्तरीय छनौट प्रतियोगिताबाट छानिएका खेलाडीहरुलाई काँकडभिट्टामा आयोजित एक कार्यक्रमकाबीच विदाई गरिएको हो ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिले हनुमान मन्दिर परिसरमा आयोजना गरेको कार्यक्रममा समितिका झापा अध्यक्ष शंकर थापाले खेलको नियमलाई अक्षरस पालना गर्दै उच्चमनोबलका साथ खेल प्रदर्शन गर्न खेलाडीलाई आग्रह गर्नुभएको थियो ।

प्रदेशस्तरीय सो प्रतियोगितामा गत वर्ष झापाले प्राप्त गरेको विरासतलाई कायम राख्दै यस वर्ष पनि उपाधि रक्षा गर्न मेहनतका साथ सहभागिता जनाउन थापाले शुभकामना दिनुभएको थियो । शुक्रबार मोरङको विराटनगरमा आयोजना हुने उक्त प्रतियोगितामा भाग लिन ६ जना प्रशिक्षकसहित ४५ सदस्यीय झापाली खेल टोली बिहीबार नै विराटनगर प्रस्थान गरेको छ ।

सो टोलीमा कराते, तेक्वान्दो, उसु , भलिबल, कबड्डी, टेबलटेनिस र एथ्लेटिक्स खेल विधाका १४ वर्षमुनीका कक्षा ८ सम्म अध्ययनरत् विद्यार्थीहरु सहभागि छन् ।

उनीहरुलाई समिति अध्यक्ष थापा, सदस्य ज्ञानेन्द्र राई, कार्यालय प्रमुख टहलदास मैनाली, प्रशिक्षण प्रमुख टार्जन सुब्बा, करातेका वरिष्ठ प्रशिक्षक मदन उप्रेती, विभिन्न खेल विधाका प्रशिक्षकहरुले खादा र अविर पहिर्याएर शुभकामनासहित विदाई गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्