एभरेष्ट ओएर हाउसबाट कमल र मिङले गरे मनग्य आम्दानी



सरस्वति न्यौपाने, रसुवा ।
जिल्लाको साविक राम्चे गा.वि.स. हाल कालिका गाउँपालिका–१ राम्चे थाई घर भएका कमल तामाङ र मिङमा तामाङ ले २०७५ असोज बाट सुरु गरेको एभरेष्ट ओएर हाउस सञ्चालन गरि मनग्य आम्दानी गरिरहेका छन् ।

कालिका हिमालयन क्याम्पसमा ब्याचलर पढदै गरेका कमल राम्चे स्थायी घर भएका १२ सकेर विदेश गएका मिङमा नेपालमै केही गरे उभो लागीन्छ भन्ने सोचले नेपाल आइ कमल र उनी सल्लाह गरी आफ्नै घरमा लेदर , फेदर , वाटरप्रुफ डाउन ज्याकेट स्कुल झोला टे«किङ लाइनको सामान र कुनै पनि संस्था को लोगो हालेर टिसर्ट ज्याकेट यहि वाट बनाउने मेशिन राखी काम ६ जना स्टाफ लाई रोजगारी प्रदान गरी मासिक कामको प्रकृति हेरी ४० हजार तलब दिने गरेका रहेछन् ।

कुनै संघ संथाबाट सहयोग नलिइ व्यक्तिगत रुपमा ३ लाखको लगानीमा यो काम सुरु गरेका उनिहरु भन्छन् ।चोरेर अर्कालाइ मारेर पो खानु हुदैन विदेशी भुमिमा आफ्नो भुमिमानै अलिकति मिहेनत बढि गरे यहि सुन फलाउन सकिन्छ भनेर नै यस्तो काम गर्ने सोच आएको कमल र मिङमा बताउछन् ।

सामान्य किसान परिवार मा जन्मेका उनिहरु बुबा –आमा पढे लखेका थिएन आर्थिक स्थिति कमजोर विचैमा पढाइ छोडेर घर व्यवहार चलाउन खाडी मुलुक जानु पर्ने वाध्यता हुन्थ्यो भने उनी हरु चाही अठोटका साथ लागी परि एभरेष्ट ओएर हाउस सञ्चालन गरी आफ्नो इच्छा शक्तिलाइ व्यवहार मा उतारेर काठमाण्डौ कै भाउमा ज्याकेट , स्कुल झोला ट्रेकिङ रुटको सामान हरु यही पाउने भएपछि स्थानिय दङग भएका छन् ।

आफु सरहका साथि भाई हरु विदेशी भुमिमा जान्छन् कति दुख पिडा लुकेको हुन्छ खुसी छु नै भन्छन तर म आफ्नो परिवार सँगै बसेर काम गरिरहेको पुगेको छ ।परिवार को सहयोगले पनि यो काम मा सहयोग पुगेको कमल तामाङ बताउछन नाम नै कमल कमलो मन र जागर भएपछि राम्रो काम सानो देखी सुरु गर्दा अवश्य सफल भइने उनको भनाइ छ ।

पढेर जागीर नै खानुपर्छ भन्ने होइन व्यापार व्यवसाय लाई सहयोग पुग्ने हुदा यसको मारकेट भनेको सदरमुकाम धुन्चे , राम्चे , कालिकास्थान , स्याफ्रु ,टिमुरे , चिलिमे लगायतका ठाउँ हरु हुन ।अलि प्रचार प्रसार को अभावले गर्दा पनि आफ्नै ठाउँमा रहेको पनि कसैलाइ थाहा नहुन सक्ने उनको भनाइ रहेको छ ।

उनले खोलेको एभरेष्ट ओएर हाउस मा ६ जनाले राजगारी समेत पाएका छन् ।भर्खरै को नयाँ भएको ठिकै छ पछि यसले मार्केट लिन थालेपछि स्टाफ पनि थपिदै लगिने बताइएको छ बढदो वैदेशिक रोजगार का कारण धेरै युवाहरु उदाहरणिय काम भएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ ले बताए ।

प्रतिक्रिया दिनुहोस्