खुकुरी प्रहार गरी छोराले गरे आफ्नै बुवाको हत्या



धनवीर दाहाल,रुकुम ।
रुकुम पूर्वमा एक युवकले खुकुरी प्रहार गरी आफ्नै बुवाको हत्या गरेका छन । जिल्लाको भुमे गाउँपालिका ७ गुनामका २० वर्षीय बिरत बिकले ४१ वर्षीय रमन बिकको हत्या गरेका हुन् ।

बिहिबार बिहान ५ बजे रमनको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक बीरबहादुर सुनारले जानकारी दिनुभयो । हत्या आरोपमा बिरजलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घरायसी कारणले हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्