खोलाले वगाउँदा वालिकाको मृत्यु



गणेश विष्ट भोजपुर ।
भोजपुरको अरुण गाउँपालिका–५ याकुमा खहरे खोलाले वगाउँदा बालिकाको मृत्यु भएको छ । विहिबार साँझ स्थानीय २५ वर्षीय शर्मिला श्रेष्ठकी ६ वर्षीय छोरी सन्दीपा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

आमासंग घर फर्कदै गरेकी सन्दीपालाई पानीसंगै आएको खहरे भेलले बगाउँदा मृत्यु भएको प्रहरीको भनाई छ ।

वालिकाको आमाले उनको ३ वर्षीय भाई र झोला बोकेको र उनी भने एक्लै हिड्ने क्रममा खोला बगाएको प्रहरीले जनाएको छ ।

|आवश्यक कानुनी प्रक्रिया पुरागरि शवलाई पोष्र्टमार्टमको लागि जिल्ला अस्पताल ल्याईएको इन्पेक्टर पाण्डव राजवंशीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्