ग्वार्कोको आकाशे पुलबाट हाम फालेर पूर्व आर्मीले गरे आत्महत्या



काठमाडौं । बिहीवार बिहान ललितपुरको ग्वार्कोस्थित आकासे पुलबाट हाम्फालेका कीर्तिमान राईको मृत्यु भएको छ। ताप्लेजुङको हाङपाङ २ घर भएका ६० वर्षीय राईको उपचारका क्रममा बी एण्ड बी अस्पतालमा मृत्यु भएको हो।
बिहिबार बिहान करिब ६ बजे आकासे पुलबाट राईले हाम्फालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

मृतक राई पूर्व ब्रिटिस आर्मी हुन्। उनी कोटेश्वरमा श्रीमतीसँगै बस्दै आएको खुलेको छ। बिहीवार बिहान उनी श्रीमतीलाई समेत थाहा नदिइ निस्किएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । राईको मानसिक समस्या भएको परिवारले जानकारी दिएको प्रहरीले जनाएको छ । राईका परिवार भने बेलायतमा नै बस्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्