राहुल गान्धी हार्ने संघारमा, ७ हजार मतले पछाडी



काठमाडौं । भारतमा लोकसभा निर्वाचनको मतगणना अहिले जारी छ । लोकसभा निर्वाचनको मतगणना सगर्मी भारतमा मात्रै होइन नेपालमा पनि राम्रै सँग लागेको छ ।

चुनावी दौरानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अबको केहि दिनको प्रधानमन्त्री भनेर सार्वजनिक अभिव्यक्ती दिएका काग्रेस आइका अध्यक्ष राहुल गान्धीलाई मतगणनाको प्रारम्भिक परिणामले टाउको दुखाइ बनेको छ । भाजपा स्पष्ट बहुमतको दिशामा अगाडि बढेको छ । स्वयमं गान्धी पनि प्रारम्भीक गणनामा पटि परेका छन् ।

मतगणनाको शुरूवाती रुझानमा भारतीय जनता पार्टीले अग्रता लिएको छ । प्रारम्भिक मतगणना अनुसार सत्तारुढ भारतीय जनता पार्टी ९भाजपा० ले स्पष्ट बहुमत ल्याउने संकेत मिलेको छ ।

प्रारम्भिक नतिजाले नै अन्तिम नतिजा प्रष्ट पार्ने नभएपनि नतिजाको संकेत भने दिने गरेको छ । ५४२ क्षेत्रको रुझान सार्वजनिक हुँदासम्म भाजपा गठबन्धन २८८, विपक्षी भारतीय कांग्रेस गठबन्ध ५३ र अन्य दलले ७ निर्वाचन क्षेत्रमा अग्रता लिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विपक्षी गठबन्धनबाट प्रधानमन्त्रीको ‘चेहरा’को रुपमा हेरिएका कांग्रेस अध्यक्ष राहुल गान्धी पछाडि परेका छन् । भाजपा उम्मेदवार तथा पूर्वमन्त्री स्मृति इरानीले गान्धीलाई ७ हजार मतले पछाडि पारेकी थिइन यद्यपी पछिल्लाे मतपरिणाम अाउन बाँकी छ ।

यसअघिको निर्वाचनमा गान्धीले इरानीलाई पराजित गरेका थिए । लोकसभा निर्वाचन ७ चरणमा सम्पन्न भएको थियो ।

भारतीयमा विभिन्न चरणमा गरेर सम्पन्न लोकसभा निर्वाचनको मतगणना सरु भएको छ । मतगणना सुरु भए सँगै अहिले विश्वको आँखा भारततर्फ मोडिएको हो । भारतको लोकसभाको मत परिणामको सोझो असर नेपालमा पनि पर्दछ । आज बिहान बाट सुरु भएको मतगणनामा प्रधानमन्त्री मोदीको पार्टी भाजपाले सुरुवाती अग्रता लिएको छ । काग्रेसका कार्यकर्ता सुरुमै निराश भएका छन् ।

प्रतिक्रिया दिनुहोस्