आप्पाको स्टोरी च्यालेन्ज



आगामी असार १३ गते अल नेपाल रिलिज हुने फिल्म आप्पाले आप्पा स्टोरी च्यालेन्ज आयोजना गरेको छ। फिल्ममा आप्पाको भँमिकामा अभिनय गरेका अभिनेता दयाहाङ राईले च्यालेन्जबारे जानकारी दिएका हुन्।

उनका अनुसार बाबुछोराको सम्बन्धको कथामा बनेको फिल्मको आप्पा स्टोरी च्यालेन्जमा २ माध्यमबाट सहभागिता जनाउन सकिनेछ। फोटो स्टोरी च्यालेन्जमा भाग लिन चाहनेले बुबासँगको फोटो वा बुबाको मात्र फोटोमा क्याप्सन दिँदै फेसबुक वा इन्स्टाग्राममार्पmत आप्पालाई भन्न मन लागेको कुरा लेख्नुपर्नेछ। त्यस्तै भिडियो स्टोरीमार्फत सहभागिता जनाउन चाहनेले बुबासँगको भिडियो अपलोड गरेर आप्पालाई भन्न मन लागेको कुरा प्रस्तुत गर्नुपर्नेछ।च्यालेन्जमा सहभागीमध्ये प्रेरणादायिक कथालाई विजेता घोषित गरिनेछ।

फोटोस्टोरीको विजेताले २५ हजार नगद र आप्पा प्रिमियरको २ टिकट प्राप्त गर्नेछन् भने भिडियो स्टोरीतर्फको विजयीले ५० हजार नगद र प्रिमियरको २ टिकट जित्नेछन्।अनमोल गुरुङ निर्देशित फिल्ममा सिद्धार्थराज तामाङले दयाहाङको छोराको भँमिका निर्वाह गरेका छन्।

माउन्टेन स्टोरिज र सिनेमा आर्टको ब्यानरमा निर्मित फिल्ममा तुलसी घिमिरे, अरुणा कार्की, अल्लोना कबो लेप्चा, सम्राट विश्वास, रिंकीलगायतले अभिनय गरेका छन्। रुदेन सदा लेप्चाले निर्माण गरेको फिल्ममा अनमोल गुरुङको संगीत, योजना प्रधानको कोरियोग्राफी, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्