मिस्टर एन्ड मिस एसईई अफ द इयरका लागि भिडन्त



विभिन्न उमेर समँह र वर्गका लागि विविध शैलीको सौन्दर्य र प्रतिभामँलक प्रतियोगिता आयोजना गर्दै आएको रिवन इन्टरटेन्मेन्ट प्रालिले हरेक वर्षभैmं यस वर्ष पनि मिस्टर एन्ड मिस एसईई अफ द इयर २०१९ सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ।एसईई दिएर उच्च शिक्षा अध्ययनका लागि प्रतीक्षामा रहेका विद्यार्थीको व्यक्तित्व र आत्मविश्वासका लागि पाँचौं संस्करणको मिस्टर एन्ड मिस एसईई अफ द इयर २०१९ आयोजना गर्न लागिएको रिवन इन्टरटेन्मेन्ट पेजेन्ट निर्देशक निशुकान्त झाले जानकारी गराए।

झाका अनुसार आगामी जेठ ३२ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने प्रतियोगिताको अन्तिम स्पर्धामा विभिन्न विद्यालयबाट एसईई दिएर बसेका विद्यार्थीले प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगिताका लागि छात्रतर्फ अंकिस श्रेष्ठ, रिजन श्रेष्ठ, रोहन खत्री, सागर मर्हजन, अनन्त कँडेल, सुवास सापकोटा र समीर खत्री छानिएका छन्।

त्यसै गरी छात्रातर्पm प्रिसा गिरी, अञ्जु श्रेष्ठ, स्वर्णा साह, गीताञ्जली श्रेष्ठ, सन्ध्या अधिकारी, स्वस्तिका सुवेदी, सुहाना न्यौपाने, प्रिया केसी, स्नेहा घिमिरे, रिन्छेन तामाङ, काजोल श्रेष्ठ, प्रिज्मा सापकोटा, दिनिसा खत्री, सलिना कट्टेल, लिजा श्रेष्ठ, सन्ध्या मर्हजन, अलिसा श्रेष्ठ, सजना डंगोल, सुरेशा श्रेष्ठ, रचना कार्की, प्रस्तुति तिमल्सिना, सिम्रन भारती, प्रेरणा मेहता, श्रीयुक्ता भट्टराई र ऋषिका तामाङ अन्तिम स्पर्धामा भिड्दै छन्।झाका अनुसार प्रतियोगीलाई अन्तिम स्पर्धामा उतार्नुअघि विभिन्न विषयको तालिम र प्रशिक्षण दिइरहिएको छ। प्रतियोगिता रेनु सेन्चुरीको संयोजन र अश्विनी झाको कोरियोग्राफी तथा सञ्चालनमा हुनेछ। प्रतियोगिताका सहभागीलाई विभिन्न विधामा उपाधि र उपउपाधि प्रदान गरिने आयोजकले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्