बादल: यता वर्षाउनी उता तर्साउनी



हिजो आजको मौसम के हो के हो, बुझ्नै गाह्रो । केहीबेर अघिसम्म सफा देखिने मौसम क्षणभरमा बादल मडारिएसी दिउँसै रात परेझै हुन्छ । बादलको शक्तिले मेघ मात्रै गर्जिदैन, वर्षा समेत गराउँछ ।

यता सरकारका बादल अर्थात् गृहमन्त्री बादल पार्टीमा हिजो–आज निकै मडारिन थाल्या चर्चा सहर बजारमा छाएको छ । प्रचण्डका दाहिने हात मानिने बादल स्वात्तै कित्ता परिवर्तन गरेर झापाली कम्रेड अर्थात् पीएम ओलीतर्फ ढल्किएसी नेकपाभित्रको आगामी मौसममा निकै तरङ्ग आउने भविष्यवाणी हुन थाल्या छ ।

ओली–बादल साँठगाँठपछि प्रतिकूल राजनीतिक मौसममा सुरक्षित अवतरण गर्न सकिने संभावना केलाउन नेकपाका दमदारहरु राम्रैसँग सल्बलाउन थाल्या धरहराबाट प्रष्टै देखिन्छ ।

ओली–बादल केमेस्ट्रीले निकै ठूलो सुनामी ल्याउने हो कि, मुसलधारे वर्षा गराउने हो, या सामान्य हावाहुरी मात्रै आउने हो, यस्तै यस्तै प्रश्नको औडाहा गर्मी नेकपाका पाका नेतादेखि बरिष्ठ अनि कनिष्ठसम्म फैलिन थालेको छ । पूर्व माओवादी कित्तामा यस्तो प्रश्नको डढेलो झनै फैलिएको धरहराबाट सहजै देखिन्छ । डढेलो निभाउने दमकल चाहिँ कहाँ छ कुन्नी ? दमकल दक्षिणतर्फ खोज्ने कि उत्तरतर्फ लम्किने ?

प्रतिक्रिया दिनुहोस्