सम्झौता भंग गरेपछि मजदूर समस्यामा



हेटौंडा, (नेस)
युनिलिभरले सम्झौता भंग गरेपछि चैतबाट बन्द भएको गंगा सोप तथा त्यसअघि बन्द भएको युनिक सोपका मजदूरले युनिलिभरमा पुनर्बहाली र उचित क्षतिपूर्ति माग गरेका छन् ।

हेटौंडामा मंगलबार पत्रकार सम्मेलन गरी गंगा सोप सञ्चालक तथा प्रदेश–३ का प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानिया“ले युनिलिभरले एक्कासी सम्झौता भंग गरेर श्रमिकलाई बेघरबार बनाउन खोजेको आरोप लगाउनुभयो ।
उहा“ले भन्नुभयो–‘युनिलिभरस“ग अब नेपाली उद्योगपतिले सोच्नुपर्ने भएको छ । बहुराष्ट्रिय कम्पनीले उद्योगपति र मजदूरलाई बेघरबार बनाउने काम गरेको छ । युनिलिभरले मजदूरलाई क्षतिपूर्ति दिनुपर्छ । सरकार पनि यस विषयमा गम्भीर हुनुपर्छ ।’

‘भारतीय उद्योगपतिलाई काखी च्यापेर नेपाली उद्योगीलाई धरासयी बनाउने काम गरिएको छ । यस विषयमा अहिले नै सोचिएन भने नेपाली उद्योग नरहन सक्छन्,’ उहा“ले भन्नुभयो । युनिलिभरले नेपाली उद्योगलाई धरासयी बनाउने काम गरेको भन्दै आफूले मजदूरलाई उद्योग बन्द हुनुपूर्वको सबै दायित्व भुक्तानी गरेको उहा“ले बताउनुभयो । क्षतिपूर्तिको सवालमा युनिलिभर जवाफदेही हुने उहा“ले दाबी गर्नुभयो ।

ट्रेड युनियन समन्वय केन्द्र मकवानपुरले युनिलिभर व्यवस्थापक रहेको गंगा सोप तथा युनिक सोप बन्द गरि“दा ५ सयभन्दा धेरै श्रमिकको रोजीरोटी खोसिएको भन्दै कडा आन्दोलनको चेतावनी दिएको छ ।

ट्रेड युनियन समन्वय केन्द्र मकवानपुर संयोजक गंगाप्रसाद भट्टराईले आफूहरुको माग बेवास्ता गरिए युनिलिभरको मेनगेटमा धर्ना दिइने बताउनुभयो । सयौं मजदूरलाई एक्कासी बेरोजगार बनाउने काम युनिलिभरले गरेको भन्दै उहा“ले उद्योग पुनर्संञ्चालन, मजदूर पुनर्वहाली र उनीहरुलाई हालसम्मको क्षतिपूर्ति दिनुपर्ने माग गर्नुभयो ।

उद्योग संघ मकवानपुर अध्यक्ष नवराज अर्यालले युनिलिभरले एकलौटीढंगबाट सम्झौता तोड्नु गलत रहेको बताउनुभयो । गंगा सोप एण्ड केमिकल, नेपाल औद्योगिक मजदुर संघ एकाई अध्यक्ष पूर्णबहादुर सुवेदीले आफूहरुको माग बेवास्ता गरिए सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्