जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा



पाल्पा, समाजबाट विभिन्न कारणले गर्दा उपेक्षित जस्तै वन्न पुगेका जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ जाच तथा उपचार यहाको एक गाउ पालिकाले दिन सुरु गरेको छ । पूर्वी पाल्पाको पूर्वखोला गाउ पालिकाले पालिकाको यस्तो कार्यक्रम वार्ड नं ३ रिङ्नेरहबाट शुरु गरेको हो ।

कार्यक्रमको उदघाटन गर्दै गाउँपालिकाका प्रमुख नुन बहादुर थापाले जेष्ठ नागरिकहरु हिडडुल गर्न नसक्ने र कतिपय जेष्ठ नागरिकहरुले आफुमा भएका कमजोरीहरु बताउन नसक्ने भएकोले पनि यो सेवा प्रभावकारी हुने वताउनु भयो ।

गाउँपालिकाकै जेष्ठ नागरिक ९६ बर्षिय लक्ष्मी प्रसाद तिमल्सिनाको स्वास्थ्य परीक्षण गरि कार्यक्रम आरम्भ गरिएको थियो । पूर्बखोला स्वास्थ्य शाखा प्रमुख मोहन ढकाल उनको स्वास्थ्य परीक्षण गर्नु भएको हो ।

पूर्वखोला भरी जम्मा ८० वर्ष माथिका २ सय ८० भन्दा बढि जेष्ठ नागरिक रहेको र उनीहरुको घर घरमै पुगि स्वास्थ्य परीक्षण, आवश्यक परामर्श र औषधी समेत दिइने ढकालले जानकारी दिनुभयो ।

स्थानीय ८८ जगिसरा आलेले स्वास्थ कर्मिहरु घरमा आउदा आफु खुशी भएको वताउनु भयो । कार्यत्रमको सुरुवातमै ७१ जना जेष्ठ हरुको स्वास्थ्य परिक्षण गरिएको र प्रत्येक वडामा यो अभियान चल्ने गाउपालिका उपाध्यक्ष भागरथी भट्टराइले जानकारी दिनुभयो ।

अभियानको क्रममा जटिल समस्या भएकाहरुलाई अन्य स्वास्थ्य संस्थामा रिफर गरिएको छ । यहाँ अघिल्लो वर्ष पनि यो अभियान चलेको थियो । योे कार्यक्रमलाई पूर्वखोलाका विभिन्न वडाहरुमा निरन्तरता दिइने गाउ पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्