विदेशी समाजसेवीलाई नगरको साँचो



नेपाल समाचारपत्र, पाल्पा ।

विदेशी नागरिक भइकन पनि आफ्नो जन्मभूमि छोडेर पाल्पाको विकासमा खटिएका एक जापानी नागरिकलाई तानसेन नगरको साँचो हस्तान्तरण गरिएको छ ।

पाल्पा जिल्लामा २५ वर्षसम्म विभिन्न स्थानमा आर्थिक, भौतिक सहयोग गरेर समाज सेवा गर्नुभएका जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे) लाई तानसेन नगरपालिकाको साँचो हस्तान्तरण गरिएको छ ।

साँचो हस्तान्तरणका क्रममा नगरप्रमुख शाहीले विकासमा सहयोग पुर्याएको योगदानको चर्चा गर्दै उहाको योगदान जिल्लावासीका लागि अतुलनीय रहेको वताउनु भयो । उहाले आगामि दिनमा समेत विकासमा हातेमालो गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा समाजसेवी ओकेबाजेले आफूलाई नगरपालिकाले गरेको सम्मानले अझै समाजसेवामा लाग्ने प्रेरणा मिलेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्