आमा लागू औषध कारोबारी, छोराहरु दुर्व्यसनीमा !



नेपाल समाचापत्र, काठमाडौं ।
भारतबाट लागु औषध नेपाल ल्याउने र बेच्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्युरोले काठमाडौं १६ बसर्पाकबाट ५० वर्षकी सावित्री श्रेष्ठलाई पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले ६ सय ७० एम्पुल डाइजेपाम, बुप्रेनोर्फिन ५६१ र फेनारगन ५६० एम्बुल बरामद गरेको ब्युरोका निमित्त प्रमुख एसएसपी बसन्त लामाले बताए।

लागु औषध बेचेको १ लाख ४१ हजार नगद पनि प्रहरीले बरामद गरेको छ। श्रीमानसँग छुट्टिएर बसेकी श्रेष्ठले ७ वर्षदेखि यो काम गर्ने गरेको प्रहरीसमक्ष वयान दिएकी छिन् ।

उनले आफ्ना २ जना छोराहरुलाई समेत लागु औषध खुवाउने गरेको अनुसन्धानबाट देखिएको एसएसपी लामाले बताए।

छोराहरुलाई दुर्व्यसनीबाट हटाउनुको साटो, आमाले नै त्यही बाटोमा भित्र्याएको र कारोबार गर्ने गरेको पाइएको हो । प्रहरीका अनुसार घरबाटै २ छोरा र बुहारीको समेत सहयोगमा उनले लागु औषध विक्री गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलासा भएको छ ।

प्रतिक्रिया दिनुहोस्