सल्यानमा पशुहरुका लागि कृतिम गर्भाधारण सुरु



सरिता चलाउने, सल्यान ।
सल्यानको छत्रेश्वरी गाउँपालीकाले पशुहरुका लागी कृतिम गर्भाधारण कार्यक्रम सुरु गरेको छ । गाउँमा साँढे नपाइने र कृतिम गर्भाधान गराउदाँ दूध उत्पादनमा समेत बृद्धि हुने भएकोले कृषकहरुका लागी पशुमा कृतिम गर्भाधारण गराउनप्रति गाउँपालीकाले कार्यक्रम सुरु गरेको हो ।

किसानहरुको गाई, भैसि, बाख्रामा कृतिम गर्भाधान गराई उन्नत पशु उत्पादन गर्ने, दुग्ध बस्तु र मासु उत्पादन गर्ने उदेश्यले कृतिम गर्भाधारण कार्यक्रम सुरु गरेको छत्रेश्वरी पशु सेवा शाखाका प्रमुख अमर रावतले बताउनु भयो ।

उहाँका अनुसार गाउँपालीका भित्रमा पशुहरुका लागी कृतिम गर्भाधारण कार्यक्रमले पशुहरुको नश्ल सुधार गरी दुध र मासुमा बृद्धि गर्ने बताउनु भयो । किसानले पालेका स्थानीय जातका गाई, भैसि र बाख्राहरु बाट पनि उन्नत जातका पशुहरु उत्पादन गरेर उनिहरुलाई आर्थिक रुपमा आत्मा निर्भर बनाउनु पर्ने बताउनु भयो ।

पशुमा गर्भाधान गराउदा, गाउँपालीकाको पशु सेवा शाखा र वडा कार्यलय बाट प्राबिधिक सहितको टोलीले किसानहरुले पालेका पशुहरुमा निशुल्क कृर्तिम गर्भाधारण गराईदिने उहाँले बताउनु भयो ।

आबश्यक परेको समयमा किसाहरुको घरमै गएर पनि कृर्तिम गर्भाधारण गराईदिने उहाँले बताउनु भयो ।

यस बाट किसानलाई वढी फाइदा हुने, बोका पाल्न आवश्यक नहुने, पछिल्लो समय कृत्रिम गर्भाधानको महत्व र यसका फाईदाको लागी कार्यक्रम सुरु गरेको शाखा प्रमुख रावतले बताउनु भयो ।

पछिल्लो समय जिल्लामा पशुपालनको क्षेत्रमा किसानहरुको आर्काषण बढदै गएकाले किसानहरुको मागको आधारमा कृर्तिम गर्भाधारण कार्यक्रम सुरु गरेको बताउनु भयो ।

पहिले पशु सेवा कार्यालयले गाई र भैसीमा मात्रै कृत्रिम गर्भाधारण कार्यक्रम सुरु गर्दै आएको थियो ।

उहाँले भन्नु भयो पशुपालनको क्षेत्रमा सल्यान जिल्ला अगाडी देखिएकाले पशु कृत्रिम गर्भाधानको आबश्यक रहेको छ, किसानहरुको यस तर्फ ब्यापक माग बढन थाल्यो, किसानहरुका मागका आधारमा पशु विर्य ल्याएका छौ, आबश्यक परेमा फेरि थप गर्नेमा छौ, । पशुसेवा शाखा कार्यालयले चालु आर्थिक वर्षदेखि यसलाई अभियानकै रुपमा अगाडी बढाउने योजना बनाएको छ ।

गाउँपालीका भरी ६ वटै वडाहरुमा क्षेत्र विस्तारको तयारी गरेको छ । जसको लागी गाउँपालीकामा उन्नत जातको विर्य ल्याईसकेको छत्रेश्वरी पशुसेवा शाखाले जनाएको छ । पशु कृत्रिम गर्भाधारणको लागी गाउँपालीकाले यस बर्ष करिब ३ लाख बजेट बिनियोजन गरेको छ । नेपालको पोखरामा कृत्रिम गर्भाधानका लागि प्रजनन प्रशोधन केन्द्र छ । त्यहीबाट उन्नत जातका विर्य ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्