रसुवाकाे त्रिशुलीमा पहिलाे पटक रसुवामा जलयात्रा



सरस्वति न्याैपाने रसुवा,

रसुवाकाे उत्तरगया गाउँ पालिका र नुवाकाेट जिल्लाकाे किस्पाङ गापा विच खाल्टे वगर लाई केन्द्र विन्दु वनाई त्रिशुली नदि वाट मंगलवार परिक्षणका रूपमा पहिलाे पटक जलयात्रा सम्पन्न भएकाे छ। रसुवा र नुवाकाेटका आधार ईलाकामा रहेका जल संपदाकाे अधिकतं उपभाेग गरि पर्यटककाे आर्कषण गराउने उद्वेश्यले रसुवा, नुवाकाेट पर्यटन समाजकाे आयाेजना र उत्तरगया गाउँ पालिकाकाे सहयाेगमा जल यात्रा सम्पन्न गरिएकाे थियाे ।

जलयात्रा नुवाकाेटकाे माथिल्लाे त्रिशुली थ्रि वि जलविधुत आयाेजनाले निर्माण गर्न लागेकाे स्थान छेउ अर्थात फलामे पुल खाल्टे देखि नुवाकाेट जिल्लाकाे भैसे सम्म नुवाकाेटमा प्रतिनिधि सभा संसद वहादुर सिंह लामाकाे अगुवाइमा ३२ जनाकाे टाेलीले जलयात्रा सम्पन्न गरेकाे रसुवा ,नुवाकाेट पर्यटन समाजका अध्यक्ष वलराम न्याैपानेले वताउदै अध्यक्ष न्याैपानेले भने रसुवामा जलयात्राकाे परिक्षणले सफल मार्ग देखाएकाे ले अवका जलयात्री पर्यटक लाई वढिमात्रामा रसुवा नुवाकाेटकाे आधार ईलाकामा केन्द्रित गराउन पहलकदमी थाल्ने वताए। न्याैपानेकाे पहलले उत्तरगया गाउँ पालिका सबृद्व मार्गमा लान थप मद्दत पुगेकाे उत्तरगया गापा अध्यक्ष उपेन्द्र लम्सालले जानकारी दिए ।

रसुवा र नुवाकाेट जिल्ला का भूभागमा जल मार्गकाे प्रवर्द्वन वाट दुवै जिल्लाकाे सवृद्विमा टेवा पुग्ने भएकाले भावी दिनका जलयात्री पर्यटक लाई रसुवा केन्द्रित गराउन सवै ट्रेकिङ व्यवसायी समक्ष आग्रह गरिएकाे पर्यटन व्यवसायी शिव अधिकारीले वताए। उनी पर्यटन व्यावसायीकाे अलावा पर्यटन पत्रकार समेत भएकाले थप प्रचार प्रशारमा मद्दत मिल्ने जलयात्राका सहभागिले वताए। परिक्षण जलयात्रमाअगुवाई गरेका नुवाकाेट जिल्ला वाट प्रतिनिधीत्व गर्ने संसद वहादुर सिंह लामाले सञ्चारकर्मि माझ प्रतिकृयाँ दिदै भने अव खाल्टे वगर देखि भैसे सम्मकाे जलयात्रा सहज रूपकाे हुन्छ सहज छ प्रचार प्रशारमा सवैले विशेष ध्यान दिन र आगामी दिनमा पर्यटक गराई दिन सहयाेगका लागि सम्पुर्ण टेकिङ व्यवसायी हरू आग्रह गरिएकाे वताए। यसै गरि अर्का जलयात्री नेपाल पर्यटन वाेर्डका सदस्य एवं पर्यटन व्यवसायी दिपक महत पनि जलयात्रामा सहभागी भै रसुवा नुवाकाेटकाे आधार ईलाकामा पर्ने त्रिशुली नदिकाे जल मार्ग सहज र सरल भएकाे प्रतिकृया दिए ।

उनले सञ्चारकर्मि मार्फत जल यात्री पर्यटक लाई रसुवाकाे त्रिशुली नदिमा केन्द्रित गर्न सवै व्यवसायी वाट सहयाेग मिल्नेमा अाफु अाशावादी भएकाे जानकारि दिए। वेत्रावति क्षेत्रकाे त्रिशुली नदिमा जलयात्रा गराउन भएकाे परिक्षण प्रति स्वागत गर्दै उत्तरगया गाउँ पालिका अध्यक्ष उपेन्द्र लम्सालले यस क्षेत्रमा पर्यटन प्रर्द्वन गर्ने कार्यमा स्थानीय सरकारले पुर्ण रूपमा सहयाेग गर्ने प्रतिवद्वता व्यक्त गर्नु भयाे । रसुवा वाट प्रतिनिधि सभामा प्रतिनित्व गर्ने संसद माेहन आचार्य र प्रदेश सभामा प्रतिनिधित्व गर्ने संसद प्रेम तामाङले वेत्रावतिकाे त्रिशुली नदिमा जलयात्रा गराइ यस क्षेत्रकाे गरिमा वढाई दिएकाेमा रसुवा नुवाकाेट पर्यटन समाज परिवार लाई धन्यवाद दिदै पर्यटन प्रवर्द्वनमा आफुहरूले पुर्ण रूपमा सहयाेग गर्ने उदघाटन कार्यक्रमका सहभागी माझ प्रतिवद्वता जाहेर गरे ।

एक घण्टामा जलयात्रा सम्पन्न भएकाे जानकारी जल पथ प्रर्द्वशक हरूले वताए।पर्यटन व्यवसायी एवं रसुवा नुवाकाेट पर्यटन समाजका उपध्यक्ष शिव लामिछाने ले नेपाल एशाेसियसन अफ -याफ्टिङ एजेन्सी (नारा) मार्फत जल यात्राकाे परिक्षण कार्य सम्पन्न गरिएकाे र चारअाेटा -याफ्टिङ सञ्चालनमा दुई अाेटा जल प्रर्द्वशक हरूले यात्री लाई सहज पार्न अगाडि पछाडी दुवै तर्फ वाट स्कटिङ गरेका थिए।

उत्तरगयाँ गापा वडा नं १,३ का वडा अध्यक्ष लाल वहादुर तामाङ, वम वहादुर तामाङ सहितका जन प्रतिनिधीकाे सहभागिता ले अायाेजक संस्था लाई आगामीमा थप काम गर्न उर्जा मिलेकाे जानकारी दिए। रसुवाकाे हिमाली भेकका मात्र प्राकृतिक मनाेरम लिने पर्यटक अब त्रिशुली नदि तलाउमा समेत केन्द्रित गराउने प्रयासकाे शुरूवातले अब दक्षिणीभेकका स्थानीय वासि पनि पर्यटन पेशामा अार्कषण गर्ने वातावरणकाे श्रृजना गराउँने रसुवा ज्याङलाङ निवासी रसुवा,नुवाकाेट पर्यटन समाजका अध्यक्ष एवं रसुवा ट्रेक एण्ड ट्राभलका प्रवन्ध निर्देशक वलराम न्याैपाने लगाएत उक्त संस्थाका सम्पुर्ण परिवार धन्यवादका पात्र भएकाे दक्षिणी रसुवाका वासिन्दाले वताएका छन

प्रतिक्रिया दिनुहोस्