बढ्दो तापक्रमका कारण समुद्रको उचाइ बढ्ने



न्युयोर्क, (एजेन्सी)
सन् २०१३ मा जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी आयोग ९आईपीसीसी०ले आफ्नो पाँचौं प्रतिवेदन सार्वजनिक गरेयता समुद्रको सतह बढ्ने प्रश्न सबैभन्दा विवादास्पद विषयमध्ये एउटा हुँदै आएको छ।

वायु प्रदूषण गर्ने प्रमुख कार्बन उत्सर्जन प्रक्रियाको कटौती नभएको खण्डमा पृथ्वीको तापक्रम निरन्तर बढ्दै जाने तथा आगामी सन् २१०० सम्ममा समुद्र सतहको उचाइ ५२ देखि ९८ सेन्टिमिटरले बढ्ने बताइएको छ।

तर, विशेषज्ञहरूले यो अनुमान निकै साँघुरो भएको बताएका छन्। हिम वैज्ञानिकहरूसमेत हाल सागरमा रहेका हिउँका तहहरूलाई अध्ययन गर्दासमेत तिनीहरुरू अहिले कुन हिसाबले पग्लिँदै छ भन्ने निश्चित भइनसकेको दाबी गर्छन्।

साथै अनुसन्धानकर्ताका दृष्टिकोणमा यदि वातावरण प्रदूषणको गति वर्तमानकै गतिमा निरन्तर जारी रहने हो भने सन् २१०० सम्ममा विश्वका सागरका सतह ६२ देखि २ सय ३८ सेमिसम्म बढ्न सक्ने त्यो हिसाबले पृथ्वीको तापक्रम करिब ५ डिग्री सेल्सियसले बढ्न सक्ने विचार व्यक्त गर्छन्। यस अनुसन्धानको नेतृत्व युनिभर्सिटी अफ ब्रिस्टलका प्राध्यापक जोनाथन बाम्बरले गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्