स्कुलमा कला, संस्कृति र परम्परा झल्कने कार्यक्रम



नेपाल समाचारपत्र, भक्तपुर
मध्यपुर थिमि–३ गठ्ठाघरस्थित सीभीएम स्कुल पं्रागणमा सोमबार छुट्टै माहोल थियो। स्कुलका स–साना विद्यार्थीदेखि माध्यमिकस्तरका विद्यार्थीसम्म प्रसन्न देखिन्थे।
प्रिन्सिपल शंकर पौडेललगायत शिक्ष्ँकशिक्षिका सबै बिहानैदेखि चाडपर्व मनाउन लागेझैं देखिन्थे । दौरा सुरुवाल, गुन्युँ चोली र पटुकीमा सजिएका शिक्षकशिक्ष्ँिका बिहानैदेखि अभिभावक र अतिथिको स्वागतमा जुटेका थिए।

सधैं विद्यालय डे«समा आउने विद्यार्थी पनि चिरिच्याँट्ट परेर नेपाली पोसाकमा उपस्थित थिए। ब्रिटिस काउन्सिलको सहकार्यमा सीभीएम सेकेन्डरी स्कुल भक्तपुरले आयोजना गरेको अन्तर्राष्ट्रिय स्कुल अवार्ड कार्यक्रमको वातावरण यस्तो देखिएको हो। कार्यक्रममा कला, संस्कृति र परम्परा झल्काइएको थियो।

प्रिन्सिपल शंकर पौडेलका अनुसार विद्यार्थीले विश्व प्रख्यात बिस्केट जात्राअन्तर्गत लिंगो उठाउनेदेखि भैरवको रथ तानेर गठ्ठाघर परिक्रमा गरेका थिए। यसले बिस्केट जात्राको झल्को दिएको थियो।
कार्यक्रमअन्तर्गत विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले यस क्षेत्रको शिक्षा विकासमा महŒवपूर्ण भूमिका खेल्दै आएको सीभीएम स्कुलले जिल्लाको कला, संस्कृति र पर्वको जगेर्नामा समेत ध्यान दिएर उदाहरणीय कार्य गरेको बताउनुभयो।

नगरपालिकाले पनि कला, संस्कृति संरक्षणलाई प्राथमिकता दिएको उल्लेख गर्दै प्रमुख श्रेष्ठले नगरको शिक्षाको गुणस्तर उकास्न आफू लागिपरेको बताउनुभयो।
विद्यालयका प्रिन्सिपल पौडेलले ब्रिटिस काउन्सिलसँगको सहकार्यमा विद्यालयमा नौ वटा प्रोजेक्ट सञ्चालन गरिएको जानकारी दिँदै यस्ता कार्यक्रमले मुलुकलाई विश्वसामु चिनाउन मद्दत पु¥याउने बताउनुभयो। विद्यार्थीलाई संस्कृतिकर्मी ओम धौभडेलले बिस्केट जात्राको विविध पक्षबारे जानकारी गराउनुभएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामसुन्दर बस्नेतका अनुसार करिब ६ सय विद्यार्थी अध्ययनरत विद्यालयले अन्य विद्यालयभन्दा पृथक् ढंगले अध्यापन गराउँदै आएको छ।
हाल विभिन्न मुलुकका आधा दर्जन बढी शिक्षकले विद्यालयमा विभिन्न विषयमा अध्यापन गराइराखेको बस्नेतले बताउनुभयो। उहाँले सीभीएममा अध्ययनरत विद्यार्थीले जिल्लामा सञ्चालित विभिन्न प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याएर नाम राख्न सफल भएको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्