घोडाजस्तै कुद्ने महिला सामाजिक सञ्जालमा लोकप्रिय



नर्वे, (एजेन्सी)
नर्वेकी आयला कस्र्टन घोडाजस्तै कुद्ने भएकीले हालैका दिनमा सामाजिक सञ्जालमा छाएकी छिन्। उनका फोटो तथा भिडियो सामाजिक सञ्जालमा व्यापक शेयर भइरहेको छ।
आयला तीव्र गतिमा कुद्ने मात्र नभई कुनै पनि अवरोध घोडाले जस्तै उफ्रेर पार गर्न सक्छिन्। कस्र्टनले इन्स्टाग्राममा तीन हप्ता अगाडि मात्रै अकाउन्ट खोलेकी थिइन्। तर, उनको लोकप्रियता तीव्ररूपमा बढिरहेको छ। मानिसले ट्विटरमा पनि उनका जानकारी शेयर गरिरहेका छन्। एक युजरले भिडियो शेयर गर्दै उनलाई हर्स ओमन नाम दिएका छन्। उनले सञ्चारमाध्यमलाई ४ वर्षको हुँदादेखि नै उनी कुकुर जस्तै हिँड्न मन पराउने भएको बताइएकी छिन्।

कस्र्टनले हात खुट्टा टेकेर हिँड्ने आफ्नो अनुभव पनि शेयर गरेकी छिन्। उनले भनिन्– ‘मलाई यसरी हिँड्दा कहिल्यै चोट लागेको छैन। न त हातमा कुनै समस्या भएको छ। मानिसहरूले आफ्नो यो अनौठो बानीलाई मनपराइरहेको कस्टर्नले बताइन्।

यसैबीच एक युजरले हात–खुट्टाबाट हिँड्ने उनको खुबीप्रति श्रद्धा व्यक्त गरेका छन्। कस्र्टनले केही भिडियो पनि शेयर गरेकी छिन्। जसमा एक कुकुरसँग दौडिरहेको देखिएकी छिन्। घोडाजस्तै तीव्र बेगमा कुद्ने क्रममा उसकै शैलीमा अवरोध नाघ्दै गरेको देखाइएको थियो। उनी भिडियोमा लगातार हात–खुट्टाले टेकेर दौडिरहेकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस्