राप्रपाले भन्यो: प्रजातन्त्रको मेरुदण्ड भाँच्न मिडिया विधेयक



काठमाडौं, (नेस)
राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा लोकतन्त्रको अभ्यास भइरहेको बेला सरकारले संसद्मा प्रस्तुत गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकका केही दफाहरूले प्रजातन्त्रको मेरुदण्डका रूपमा रहेको प्रेस स्वतन्त्रतालाई नियन्त्रित तथा संकुचित बनाउने प्रयास गरेको जनाएको छ।
सरकारले ल्याएको मिडिया काउन्सिलसम्बन्धी विधेयक संशोधन गर्न माग गरेको छ। सरकारले ल्याएको यो विधेयकले प्रेसविरुद्धको कठोर दृष्टिकोण र मिडिया काउन्सिलको स्वयत्तताको हनन् गर्ने प्रयास दुभाग्र्यपूर्ण भएको राप्रपाले ठहर गरेको छ।
मंगलबार बसेको राप्रपा कार्यसम्पादन समिति बैठकले यो विधेयकमा रहेका विवादास्पद र पत्रकारका हक, हित र स्वतन्त्रता विरोधी प्रावधानहरूलाई सम्बन्धित पक्षहरूसँग छलफल गरेर संशोधन गर्न राप्रपा सरकारसँग माग गरेको हो।
राप्रपा कार्यसम्पादन समितिको बैठकले दोस्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा जेष्ठ २४ गते मुस्ताङ जिल्लाको मुक्तिनाथबाट प्रारम्भ भई गोरखामा समापन गरिने निर्णय पनि गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्