मोडल खुश्बु ओली चेक बाउन्स मुद्दामा दोषी ठहर



काठमाडौं ।
मोडल तथा समाजसेवी खुश्बु ओली चेक अनादर मुद्दामा दोषी ठहर भएकी छिन् । जिल्ला अदालत, काठमाडौंका न्यायाधिश श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई दोष्ी ठहर गरेको हो ।
ओलीले ३ जनवरी २०१७ मा काटेको ३६ लाख रुपैयाँको कुमारी बैंकको चेक बाउन्स भएको थियो । बाउन्स भएपछि सप्तरीका गोपाल कटुवालले मुद्दा दायर गरेका थिए ।

मोडल ओलीलाई तीन महीना कैद, तीन हजार जरिवाना र चेक वापतको रकम सावा र ब्याजसहित तिर्नुपर्ने ठहर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्