बुद्धको मावली देवदहलाई उद्यान शहर बनाउने अभियान शुरु



g]kfnd} klxnf]k6s sf7df8f}F aflx/ a’waf/b]lv b]jbxdf x’g yfn]sf]] sfi7snfsf] /fli6«o sfo{zfnf ;DaGwdf kqsf/ ;Dd]ngdf hfgsf/L u/fpFb} nlntsnf k|1f k|lti7fgsf k|f1 odaxfb’/ yfkf . t:jL/M g/]z s];L, /f;;, n’lDagL .

यमलाल भुसाल, बुटवल ।
गौतम बुद्धको मावली गाउँ देवदहलाई उद्यानको शहर बनाउने अभियानको थालनी गरिएको छ । देशैभरका प्रख्यात मूर्तिकारको सहभागितामा सात दिनसम्म गौतमबुद्ध राष्ट्रिय उद्यान, देवदहमा काष्ठकला राष्ट्रिय कार्यशाला बुधवार देखि संचालन हुने भएको छ ।
मंगलवार पत्रकार सम्मेलन गरि कार्यशाला मूल आयोजक कमिटी संयोजक टेकबहादुर रानाले यही जेठ १६ गतेसम्म कार्यशाला सञ्चालन हुने र त्यसमा देशका प्रख्यात मूर्तिकारले बुद्धको जीवनसंँग सम्बन्धित विभिन्न मूर्ति तयार गर्ने जानकारी दिनु भयो ।

मूर्तिकारले तयार गर्नु भएको मूर्तिलाई सोही उद्यानमा व्यवस्थित गरेर राखिने बताइएको छ । देवदह उद्यानहरुमा बुद्धत्व झल्किनेगरी बुद्ध मूर्ति राख्नेतयारी ड्रिम देवदह युनिटी फर चेन्जका अध्यक्ष सिद्धिचरण भट्टराईले बताउनु भयो । आयोजकका अनुसार कार्यशालामा संस्कृतिविद् डा गितु गिरी, बौद्ध विषयका ज्ञाता डा कृष्ण न्यौपाने, लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पस प्रमुख फणीन्द्र न्यौपानेले बुद्ध जीवनका बारेमा मूर्तिकारसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र बुद्ध सामुदायिक वन उपभोक्ता समूह देवदह आयोजक रहेको कार्यशालाको मुख्य संरक्षक देवदह नगरपालिका पर्यटन प्रबद्र्धन समिति र मुख्य प्रबद्र्धक ड्रिम देवदह युनिटी फर चेन्ज छन् । सरकारले पर्यटनका १सय गन्तव्यमध्ये देवदह पनि रहेकाले पर्यटकलाई घुम्ने ठाउँ पर्याप्त नहुँदा देवदह आउनेहरु केही बेरमै फर्किन थालेपछि उद्यान बनाएर पर्यटक भुलाउने लक्ष्य पनि रहेको प्रचारप्रसार समितिका संयोजक गोविन्द घर्तीले बताउनु भयो ।

कार्यशालामा प्राज्ञ लालकाजी लामा(काठमाडौँ), प्राज्ञ गोविन्दप्रसाद चौधरी (रुपन्देही), प्राज्ञ यमबहादुर थापा( रुपन्देही), उपप्राध्यापक भुवन थापा (काठमाडौँ), मूर्तिकार राजन काफ्ले (रौतहट), मूर्तिकार लक्ष्मण भुजेल (हेटाँैडा), मूर्तिकार राजु पिठाकोटे (इलाम), मूर्तिकार प्रथमराज बज्राचार्य (काठमाडौँ), मूर्तिकार बुद्ध चौधरी (रुपन्देही), मूर्तिकार भीमबहादुर श्रेष्ठ (चितवन), मूर्तिकार हरिराम अधिकारी (गुल्मी), मूर्तिकार दिनेश्वर महतो (चितवन), मूर्तिकार केडी याख्या (झापा), मूर्तिकार अनमारी तामा¬ (काठमाडौँ), मूर्तिकार विशाल सारु मगर (इलाम), मूर्तिकार कुमार थापा (गुल्मी) र मूर्तिकार हरिबहादुर थापा (रुपन्देही) कोसहभागीता रहने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्