नगरपालिकामा महिला लक्षित सीप विकास केन्द्र संचालनमा



सरोज यादव, विराटनगर ।
मोरङको सुनवर्षी नगरपालिका भित्र रहेका महिलाहरूलाई विभिन्न सीप मुलक तालिम दिएर आत्मनिर्भर बनाउन ‘शिप विकास प्रशिक्षण तथा विक्री केन्द्र’ संचालनमा आएको छ । सीप विकास केन्द्र संचालनमा आएपछि स्थानीय खुशी भएका छन् । सुनबर्सी नगरपालिकाका प्रमुख कालिप्रसाद दासले सोमबार एक कार्यक्रमको बिच उक्त केन्द्रको उद्घाटन गर्नुभएको हो ।

‘महिलाहरु आर्थिक रुपमा सक्षम नहुदाँ समाजमा पछि परेकाले महिलाहरुलाई स्वरोजगार बनाउन कार्यक्रम संचालनमा नगरपालिको जनाएको छ । यस्तै शिप विकास प्रशिक्षण केन्द्रमा महिला तथा पुरूषको लागि विभिन्न शिप मुलक तालिम ल्याएको नगरपालिकाका मेयर कालीप्रसाद दासले बताए । दासले सीप विकास प्रशिक्षण केन्द्रमा पहिलो चरणमा ४० जना भन्दा बढी महिलाहरूलाई सिलाइ कटाइ सम्बन्धी तालिम दिने बताउनु भयो ।

सीप मुलक तालिम संचालन गर्न नगरपालिकाले २२ वटा सिलाई कटाइ मिसिन पनि खरिद गरेर ल्याएको छ । तालिममा पिछडा वर्ग, आदीवासी जनजाति, दलित सामुदायिका महिलाहरूलाई समेटने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसीले बताउनुभयो । नगरपालिका भित्र रहेका महिला तथा पुरूषहरूको लागि शिप विकास प्रशिक्षण केन्द्रमा वाइरिङ्ग, ब्यूटिपार्लर, अगरवत्ती, मैनवक्ती बनाउने लगायतको विभिन्न सिप मुलक तालिम दिने बताइएको छ ।

नगरपालिकाले सिप मुलक तालिम दिएर आत्मनिर्भर बनाउन ५० लाख रुपैयाँ नगर परिषद बैठकबाट बजेट छुटयाएको नगरपालिकाको प्रमुख दासले जानकारी दिनुभयो । महिलाको जनचेतना अभिवृद्धिसँगै सीपमूलक तालिम दिएर क्षमता प्रदान गर्दै व्यावसायिक रूपमा आयआर्जनको काममा लगाउने योजना रहेको पनि दासको भनाई छ ।

महिलालाई समग्र रूपमा आत्मनिर्भर बनाउन जनचेतना अभिवृद्धि, क्षमता अभिवृद्धि, सीपमूलक तालिम लगायत आय आर्जनसम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राखेको नगरपालिकाले जनाएको छ । सीप सिकेपछि उनीहरूलाई व्यवसाय संचालन गर्न नगरपाकिाले पेरित गर्ने र लामो अवधिको तालिम दिएपछि अनुदान उपलब्ध गराएर प्रत्यक्ष रूपमा आयआर्जन हुने व्यवसाय सञ्चालन गराउने र त्यसमा अन्य महिलाहरूलाई रोजगारी उपलब्ध गराउने योजना रहेको नगरपालिकाले जनाएको छ ।

सीप सिक्ने वातावरण सिर्जना गरेका स्थानीय महिलाहरुमा खुशीयाली छाएको छ । उनीहरुले नगरपालिकाको यो कार्य सह्रानीय रहेको भन्दै धन्यवाद दिएका छन् । एक वर्षमा सीप मुलक तालिम दिएर ५ सय भन्दा बढी दक्ष जनशक्ति उत्पादन गर्ने नगरपालिको योजना छ ।

प्रतिक्रिया दिनुहोस्