प्युठानका एक बृद्धले गरे विद्यालयलाई झण्डै एक करोडको जग्गा दान



सलिम अन्सारी, प्युठान ।
भारतीय सेनाबाट सेवानिवृत प्युठानका एक बृद्धले झण्डै एक करोड मुल्य पर्ने जग्गा विद्यालयलाई दान गर्नुभएको छ । सरुमारानी गाउँपालिका ४ बड्डडाडाका ६८ बर्षीया घन बहादुर पल्लीले स्थानीय जनता माद्यमिक बिद्यालयलाई ८६ लाख मुल्य पर्ने जग्गा निशुल्क दान दिनुभएको हो। पल्लीले आफ्नो गाउँमा रहेको विद्यालयको शैक्षिक प्रगतिका लागि आफूले निःशुल्क जग्गा प्रदान गरेको बताउनुभएको छ ।

‘म भारतीय सेनामा कार्यरत थिए, ‘उनले भने, ‘आफुले उचित शिक्षा नपाउदा निकै समस्या भोग्नुपरेको पीडा अरुले भोग्न नपरोस भनेर सहयोग गरेका हु ।’ ग्रामीण भेगका गरिब, विपन्नका छोराछोरीको उज्वल भविष्यका लागि जमिन दान गरेको उहाले बताउनुभयो।आफुले गाउँमा शिक्षा नपाएका कारण समस्या परेको अनुभव सुनाउँदै असल विद्यार्थी उत्पादन गर्नका लागि पहिलो शिक्षादिक्षा भएकाले ग्रामीण भेगका बालबालिकाको शैक्षिक उन्नतीका लागि जमिन दान गरेको बताउनुभय्प ।

‘मसंग यहि जमिन थियो, ‘सम्पत्ती खाने एउटै छोराछोरी र श्रीमती कोहि छैन्न, ‘उहाले भन्नुभयो, ‘बुढेसकालमा मरेर लानु केनै छ र, आफ्नो नाममा अरुको भलाई हुने काम गरौं।’ पल्लीले भन्नुभयो, “ विद्यालयको स्तरउन्नतीका लागि मेरा बाउआमाको नाममा स्कुललाई जग्गा दिएको हुँ ।”

‘बृद्ध पल्लीले आफ्ना स्वर्गीय बुवाआमा कुलबीर पल्ली र देउकी देवी पल्ली मगरको संझनामा जग्गा विद्यालयलाई दान गरेको बताउनुभयो। प्युठान भालुवाङ सडक छेउमै पर्ने लाखौ मूल्य बराबरको जग्गा पल्लिले बिद्यालयलाई निशुल्क दिनुभएको हो। उहाले दान गरेको २ रोपनी १० आना २ पैसा ३ दाम क्षेत्रफलको जग्गा मंगलबार ईलाका प्रशासन कार्यालय जस्पुरमा पुगेर बिद्यालयको नाममा पास गरिदिएको विद्यालयका प्रधानाध्यापक योग कुमार पाण्डेले जानकारी दिनुभयो। जग्गादाता पल्लीलाई सम्मान पत्रद्वारा सम्मान समेत गरिने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्