‘बलात्कार भएको खुलासा गर्न २५ वर्ष लाग्यो’



कोलम्बस (एजेन्सी)
रिपब्लिकन जन प्रतिनिधि नेन्सी मेसले आफुमाथि भएको बलात्कारलाई लिएर मौनता तोडेकी छिन् । उक्त बलात्कारका बारेमा २ दशक भन्दा लामो समय सम्म सार्वजनिक रुपमा नबोलेकी मेसले गत अप्रिलमा दक्षिण क्यारोलाइना विधानसभामा अन्तत उनले आफनो पिडा ब्यक्त गरेका छन् ।

हाल अमेरिकाका केही राज्यमा भ्रुणको धडकन पत्तालागपछिको अवस्थामा गर्भपतनमाथि प्रतिबन्ध लगाउने प्रावधानसँग सम्बन्धित कानुन विबेष चर्चामा रहेको छ । उनी यस विधेयकमा बलात्कार तथा आफनै नजिकका नातेदारहरुबाट हुने ब्यभिचारका कारण हुने यस प्रकारको परिस्थितिलाई अपवादका रुपमा जोड्न चाहेकी छिन् ।

जब सदमा उनका केही सहकर्मीहरुले नै उनको सम्बोधनलाई अस्विकार गरेपछि उनले आफुलाई रोक्न सकिनन् । मेसले भनिन्– हामीमा कोही, जो बलात्कारको सिकार भएका छन् उनीहरुलाई त साहस जुटाउन र आफु बलात्कार पिडित भएको बताउन २५ बर्ष लाग्यो ।

उनले भनिन्– यो कुरा मेरी आमा र हाइस्कुलमा मेरी मिल्ने साथी दुई जनालाई मात्र थाहा थियो । आफुलाई जुन घटनाले यति लामो समयसम्म पिडा दिइरहेको थियो त्यसलाई सार्वजनिक गर्ने फैसला गरेको उनले बताइन् । यसल पुरुष जनप्रतिनिधि पनि पिडितको पिडा बुझ्ने अवसर मिल्ने उनले बताइन् ।

ओहायो राज्यमा यस प्रकारको एक विधेयक पारित भइसकेको छ । यस क्रममा तीन जनप्रनिधिहरुले आफु बलाकृत भएका घटनका बारेमा सदनमा जानकारी दिएका थिए ।

मिसिगनको रिपब्लिकन बहुमत विधानसभाले गर्भपातमााथि प्रतिबन्ध लगाउने दुई विधेयक पारित गरेका थिए र त्यसलार्य गभर्नरको स्विकृतिका लागि पठाइएको छ । यद्यपी गर्भनरले आफु ती दुई विधेयकमाथि भिटो शक्तिको प्रयोग गर्ने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्