रोबोकप टुनामेन्ट शुरू



बेइजिङ (एजेन्सी)
चीनको तियानजिन शहरमा एसिया प्यासेफिक रोबोकप टुनामेन्ट २०१९ शुरु भएको छ । दुई दिनसम्म चल्ने यस कार्यक्रममा विश्वभरीका १ सय ३ टिमले भाग लिइरहेका छन् । यसमा चीन,अमेरिका, रुस र इटली सहि कयौं देश सहभागी रहेका छन् ।

यो प्रतिस्पर्धामा पहिलो दिन फुटबल म्याच भयो । यसमा कयौं क्याटगरीका रोबोट्सले म्याच खेले । फुटवल खेलिरहेका दुबै टोलीमा ६–६ रोबोट्स मैदानमा उतारिएका थिए । यी सबै आर्टिफिसियल इन्टेलिजेन्समा आधारित हुन् ।

यो प्रतिस्पर्धा रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) शिक्षा तथा अनुसन्धानको क्षेत्रमा काम गर्नेहरुलाई प्रोत्साहन गर्नका लागि आयोजित गरिएको हो । यस प्रकारको टुर्नामेन्टको यो तेस्रो बर्ष हो ।

यो प्रतिस्पर्धामा रोबोट्सको स्तरका हिसाबले फरक फरक प्रकारको मैदान बनाइएको छ । म्याचका क्रममा जब रोबोट डिस्चार्ज हुन्छ, उनका अपरेटर उनीहरुलाई मैदान बाहिर लगेर चार्ज गर्छन् ।

यो अनौथो टुर्नामेन्ट हेर्न रोबोटिक उद्योगसँग सम्बद्ध विश्वभरँबाट पर्यवेक्षक तथा दर्शक पुगेका छन् । यो टुर्नामेन्टमा हरेब बर्ष १ सयभन्दा धेरै प्रकारका रोबोट्स हेर्न अवसर पाउँछ ।

प्रतिक्रिया दिनुहोस्