गोहीले लिंग टोक्दा मृत्यु



हरारे (एजेन्सी)
जिम्बावेमा एक गोहीले एक माझीको जनेन्द्रिय नै छिनालेर निलिदिएपछि उनको मृत्यु भएको छ । हरारेको होप्लेका वासिन्दा पल न्यामहान्जा जाल विछ्याउँदै माछा पार्ने प्रयास गरिरहेको समय उनलाई गोहीले आक्रमण गरेको हो ।

पलका भाई जेरिमिआहका अनुसार ऐलेडाले स्थिति फार्म नजिकै गोहीले उनीमाथि हमला गरेको थियो । गोहीको आक्रमणमा परेका ती माझीको मृत्यु भएको स्थानिय प्रहरीले पुष्टि गरेको छ । प्रहरीले नागरिक तथा माझीहरुलाई बाँधबाट टाढै रहन सुझाव दिएको छ । पानी नजिक जानुले गोहीबाट हमला हुन सक्नेमा प्रहरीले सचेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्