मैत्री खेलका लागि टोली घोषित



नेपाल समाचारपत्र, काठमाडौं
नेपालका पुरुष राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक योहान कलीनले आगामी अन्तर्राष्ट्रिय मैत्री खेलको लागि खेलाडी छनोट गरेका छन् ।

नेपालले जुन २ मा मलेसियासँग र जुन ६ मा चिनिया ताइपेइसँग गरी दुई अन्तर्राष्ट्रिय मैत्री खेल खेल्नेछ । यो फिफा विश्वकप २०२० छनोटका लागि तयारीको रुपमा हेरिएको पनि योहानले जानकारी गराएका छन् । उनले यी दुई खेल अवसरको रुपमा हेरिएको पनि जानकारी गराएका छन् ।

उनले भने—यो हाम्रा लागि अवसर हो । यसले हाम्रो टोली विकसित गर्न सहयोेग मिल्नेछ । हामीले दुबै खेल प्रतिस्पर्धात्मक हुने आशा गरेका छौं । आशा गरौं हामीले अगाडि बढ्न सहयोग मिल्नेछ ।

योहानले खेलाडी छनोट प्रशिक्षण क्याम्पबाट लिएको बताए । उनले भने—यो छनोट प्रशिक्षणलाई आधार बनाएर गरेका हौं । हामीसँग केही नयाँ खेलाडी छन् । उनीहरुले अभ्यास सत्रमा राम्रो गरेका छन् । उनीहरुले आगामी खेलमा साबित गर्न सक्ने मौका पाएका छन् ।

त्यस्तै फिटनेस पुरै नभएको हुँदा नेपालका भरपर्दा खेलाडीहरु भरत खवास, विमल घर्तीमगर र हेमन गुरुङलाई टोलीमा समावेश गरिएको छैन । योहानले यसबारे बताए— केही खेलाडीहरुका लागि फिटनेसको समस्या छ । यी तीन जना फिट छैनन् । यसैले हामीले टोलीमा राखेनौं । यो मैत्री खेलका लागि हामीले पुरै फिट भएका खेलाडीलाई लिएका हौं ।

टोली यसप्रकार छन्  
गोलकिपरः किरण चेम्जोङ, एलेन न्यौपाने र बिकेश कुथु ।
डिफेन्डरः बिराज महर्जन, सरोज दाहाल, रजीन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजीत भण्डारी, देवेन्द्र तामाङ र रवि सिलवाल ।
मिडफिल्डर÷फरवार्डः सुनील बल, रवि पासवान, सुजल श्रेष्ठ, बिशाल राई, रोहित चन्द, बिक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, बिमल राना, नवयुुग श्रेष्ठ, अभिषेक रिजाल र अन्जन विष्ट ।

प्रतिक्रिया दिनुहोस्