तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी बलको सक्रियता



चिरञ्जीवी मास्के, दोलखा ।

दोलखामा सशस्त्र प्रहरी बलको स्थापना भएको नौ महिनाको अवधिमा बन्यजन्तु तस्करी नियन्त्रणमा उल्लेख्य सफलता पाएको छ । सशस्त्र प्रहरी बल नेपाल १८ नम्बर गुल्म दोलखाले नौ महिनाको अवधिमा सालको खपटा, चितुवाको छाला लगायत बरामद गरी डिभिजन बन कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक किरणकुमार खठाएतले बताए ।

सशस्त्र प्रहरी बल १८ नम्बर गुल्म दोलखाले ०७५ पुष २९ गते राष्ट्रिय चरा डाँफे फेला पारी डिभिजन बन कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायव उपरीक्षक कठाएतले बताए । त्यसैगरी ०७५ चैत्र २५ गते करिब ४ केजी र ०७६ बैशाख २३ गते एक केजी सालकको खपटा बरामद गरी डिभिजन बन कार्यालय दोलखामा बुझाएको सशस्त्र प्रहरी बल दोलखाले जनाएको छ ।

पछिल्लो पटक ०७६ जेठ १ गते दोलखाको तामाकोसी गाँउपालिका वडा नम्बर ५ किर्नेटारबाट ५.५ फिट लामो चितुवाको छाला बरामद गरी आईतवार डिभिजन बन कार्यालय दोलखामा बुझाएको सशस्त्र प्रहरी नायव उपरीक्षक कठाएतले बताए ।

चितुवाको छाला बिक्रि वितरणको लागि लादैछ भन्ने विशेष सुराकीको आधारमा सशस्त्र प्रहरी बल नेपाल १८ नम्बर गुल्म चरिकोटबाट सशस्त्र प्रहरी बलका सहायक प्रहरी नायव निरीक्षक बद्री बहादुर सोडारीको कमाण्डमा गएको टोलिले उक्त चितुवाको छाला बरामद गरेको जनाईएको छ । सशस्त्र प्रहरीको गस्ति टोलिलाई देखेपछि चितुवाको छाला बोक्ने तस्करहरु भने भागेको सशस्त्र प्रहरी बलका सहायक प्रहरी नायव निरीक्षक बद्री बहादुर सोडारीले बताए ।

प्रतिक्रिया दिनुहोस्