हेल्मेट, सुरक्षा कि राहत ?



मोटरसाइकल र स्कुटर चालकले हेलमेट लाउँछन्, नौलो कुरै भएन । चालकसँगै बस्नेले लगाएको देखियो भने चाहिँ नौलो देखिने । अब दुई पाङ्ग्रे सवारी चालकसँगै पछि बस्नेले पनि हेलमेट लगाउन अनिवार्य गरिदैछ ।

यो व्यवस्था अनिवार्य गर्न महानगरिय ट्राफिक प्रहरी महाशाखा खुब दौडधुपमा जुट्या छ ।

दुर्घटना न्यूनिकरणका लागि नयाँ सवारी ऐनमा यस्तो प्रावधान थप्न लागिएको महाशाखाले प्रष्ट्याएको छ । कुरो ठिकै हो, दुर्घटनामा त चालक मात्रै घाइते हुने कुरो हुँदैन, यमराजले चालकलाई मात्रै रोज्दैनन् । उनको रोजाईमा पछाडीका झनै धेरै प्राथमिकतामा परेका पर्ने गरेका तथ्यांक कति छन् कति ।

काठमाडौं खाल्डो र आसपासको दुई पाङ्ग्रे यात्रामा पछाडीका यात्रुले मास्क, सल, रुमाल जस्ता सुरक्षा कवज लगाएको देखिन्छ । धुवा, धुलोको बम्पर उपहार छेलोखेलो भएसी सुरक्षा कवज अनिवार्य भएको छ । हेल्मेटले धेरथोर राहत पक्कै दिन्छ । हेलमेटको अच्छा राहत र सुरक्षा भने बेग्लै छ ।

‘साला डेटिङ जाँदा कस्तो टेन्सन हुन्थ्यो, अब भने बल्ल रमाइलो हुने भो, गलफ्रेन्डलाई निधक्क घुमाउने पाइने भो’–आइतवार धरहरा आसपासमा भेटिएका एक अल्लारेले आफ्ना दौतरीलाई यस्तै भन्दैथिए । दौतरीले पनि हो, हो, भन्दै समर्थन जनाएको देखियो ।

यसरी रमाउनेमा अधवैशेको जमात भने झनै धेरै छ । घरवालीलाई झुक्याएर बहारवालीलाई घुमाउने बानी प¥याहरुलाई हेल्मेटले राम्रै राहत दिने भएसी छोराछोरीका ‘ड्याड’ नरमाउने कुरै भएन । यो व्यवस्थाको धेरेथोर लाभ त ‘मम’हरुले पनि लिने हुन् कि ?

प्रतिक्रिया दिनुहोस्