गर्भवति र सुत्केरीलाई अण्डा



पाल्पा ।
आमा र वच्चाको पोषणमा सुधार संगै सचेतना फैलाउन पूर्वी पाल्पाको रामपुर नगरपालिका ५ भित्रका गर्भवती तथा सुनौला हजार दिनका आमाहरुलाई अण्डा वितरण गरिएको छ । राधाकृष्ण स्वास्थ्य आमा समूह रामपुर ५ ले रामपुर नगरपालिका वडा ५ को आर्थिक सहयोगमा अण्डा वितरण गरेको हो ।

वडा भित्रका ४० जना गर्भवती महिलालाई एक ÷एक क्यारेट र ८५ जना सुनौला हजार दिनका आमाहरुलाई आधा क्यारेट अण्डा प्रदान गरेको हो ।
अण्डा प्रदान गर्दै रामपुर नगरपालिकाका उपप्रमुख विष्ण देवी घिमिरे आचार्यले महिलाहरुको गर्भवती महिला र सुनौला हजार दिनका महिलाहरुको स्वस्थ्य तथा पोषणको लागि नगरपालिका प्रतिवद्ध भएर लागेको बताउनु भयो ।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले आमा र बच्चाको स्वस्थ्यमा पोषणले ठूलो प्रभाव पार्ने भएकाले उपयुक्त पोषणमा ध्यान दिन आग्रह गर्नुभयो । रामपुर नगरपालिका ५ का वडा अध्यक्ष हिमाल मल्लले वडाले यस वर्ष परीक्षणको रुपमा बजेट विनियोजन गरेको आगामी वर्ष गर्भवती आमा र सुनौला हजार दिनका आमाहरुलाई मध्यनजर गर्दै अन्य कार्यक्रम गर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्