धुलिखेल नगरपालिकाले शुरु गर्याे भिडियोबाट ‘कन्फरेन्स’ बैठक



मोतीराम तिमल्सिना, काभ्रे ।
धुलिखेल नगरपालिकाले भिडियोबाट कन्फरेन्स बैठक संचालन गर्न शुरु गरेको छ । भिडियो कन्फरेन्सको शुभारम्भ पुल्चोकमा रहेको आईसिटिसी हलबाट भएको छ ।

जापानको इमईरिटस फुकोवक विश्वविद्यालयमा कार्यरत प्रो.डा. मात्सुफुजी र प्रोफेसर इमेरेटसले डेड घण्टा लामो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । एशिया र अफ्रिकामा भएको विकासको मोडल सहित नेपालका नगरपालिकाहरुमा गर्न सकिने विकासका क्षेत्रहरुका बारेमा छलफल गरेको थियो । पुल्चोकमा गरिएको भिडियो कन्फरेन्स नेपालका विभिन्न नगरपालिकाहरुमा प्रत्यक्ष हेरिएको थियो । नेपाल नगरपालिका संघले प्रादेशिक अध्ययन केन्द्र स्थापना र संचालन गर्ने उदेश्यले प्रदेश नम्वर १ को धरान, प्रदेश नम्वर २ मा विरगञ्ज, प्रदेश नम्वर ३ को हेटौडा र धुलिखेल, प्रदेश नम्वर ४ मा पोखरा, प्रदेश नम्वर ५ मा बुटवल, प्रदेश ६ नेपालगञ्ज, प्रदेश ७ को धनगढीमा भिडियो कन्फरेन्स हल शुरु गरिएको छ ।

‘स्थानीय तहका कानुन, कामकारबाही र नीतिनियमबारे बुझ्न, सच्याउन, सहकार्य तथा समन्वय गर्न लबिङ सेन्टर बनाउँदैछौं,’ – नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुले भन्नु भयो–‘‘७ वटा प्रदेशमा ९ लबिङ सेन्टर बनाउँदैछौं ।’ लबिङ सेन्टरले अनुभव आदानप्रदान गर्ने, एउटा र अर्को नगरपालिकाबीच सिक्ने तथा नीति नियम र कानुनबारे प्रष्ट पार्न सहयोग गर्ने नगरपालिका संघका अध्यक्ष ब्याञ्जुले बताउनु भयो । पोखरा महानगरपालिका नगरपालिकाहरुको पहिलो ‘लबिङ सेन्टर’ सेन्टर भएको छ । यही कार्यक्रम अन्तर्गत बैशाख १२ गते बिहीबारदेखि भिडियो ‘कन्फ्रेन्स प्रविधि’ सुरुवात भएको थियो । नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जु र पोखरा महानगरपालिकाका नगर प्रमुख मानबहादुर जिसीले कुराकानी गरेका थिए ।

नेपाल रिसर्च एन्ड एजुकेसन नेटवर्क (एनआरईएन) सँगको सहकार्यमा भिडियो कन्फ्रेन्स सिस्टम लागू गर्न लागिएको बताए । ‘सबै लबिङ सेन्टरमा यही रिसर्च सेन्टरले भिडियो कन्फ्रेन्सका लागि व्यवस्थापन मिलाउन सहयोग गर्नेछ,’ – अध्यक्ष अशोक ब्याञ्जुले भन्नुभयो–‘सबै स्थानीय तहदेखि केन्द्रसम्मलाई एकै ठाउँमा जोड्न यो प्रविधि लागू गरेका हौं ।’ भिडियो कन्फ्रेन्स प्रविधि लागू भइसकेपछि सबै स्थानीय तहबीच समानान्तर सिकाइ हुनेछ । ‘बढी जान्नेले कम जान्नेलाई सिकाउने होइन । यस प्रविधिबाट समानान्तर सिकाइ हुनेछ,’ उहाँले भन्नुभयो–‘सबै स्थानीय तह ‘नेटवर्क र कम्युनिकेसन’ गर्ने थलोका रुपमा यो प्रविधि भरपर्दो हुनेछ । यो साधन हो साध्य होइन ।’

प्रतिक्रिया दिनुहोस्