चिकित्सकको लापरबाहीले सयौंमा एचआईभी फैलिएको आशंका



इस्लामाबाद (एजेन्सी)
पाकिस्तानको सिन्ध प्रान्तको एक गाउँमा गत एक हप्ता भित्र करिब ४ सय भन्दा बढी एचआईभी पिडित फेला परेका छन् । संक्रमण हुनेमा बच्चाको संख्या सबैभन्दा धेरै भएको बताइएको छ । यस घटनामा लारकानामा एक डाक्टरले कयौंलाई संक्रमित सुइ लगाएको र त्यसैबाट एड्स फैलेको आरोप लगाइएको छ । आरोपी डाक्टर प्रति मानिसहरुको आक्रोस रहेको छ ।

स्वास्थ्य अधिकारीका अनुसार ४ सय भन्दा बढी एचआईभी पिडित भेटिएपछि लरकाना गाउँका बासिन्दा डराइरहेको बताए । यो घटना स्थानिय बाल रोग चिकित्सकको लापरवाहीका कारण भएको हो । पिडित संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ ।

विरामीको उपचारका लागि स्वास्थ्यकर्मी र उपकरणको अत्यन्त कमी भएको चिकित्सकहरुले बताए । परिवार सदस्यहरुमा आफनो बच्चालाई लिएर धेरै डराइरहेका छन् । उनीहरु आफना बच्चाको एचआईभी परीक्षण गराइरहेका छन् । सबैभन्दा स्तब्ध पार्ने कुरा भनेको एक बर्षका समेत कयौं बच्चा एचआईभी पिडित पाएका छन् ।

एचआइभी तथा एड्स विषयमा संयुक्त राष्ट कार्यक्रम (युएनएआईडीएस)को प्रतिवेदनमा पाकिस्तानमा करिब ६ लाख फर्जी डाक्टर मानिसहको उपचार गरिरहेको उल्लेख गरेको छ । सिन्ध प्रान्तमा मात्रै यसता २ लाख ७० लाख फजी डाक्टर छन् ।

गरीबी र अशिक्षासँग लडिरहेको पाकिस्तानमा एचआईभीलाई लिएर जागरुकताको कमी छ । लरकानाका इमाम जादीका नाती पनि एचआईभी संक्रमित भएका छन् । यो थाहा पाएपछि उनले आफना घरका सबै बच्चाको जाँच गराएका छन् ।

संयुक्त राष्ट्रको प्रतिवेदन अनुसार एचआईभीको मामिलामा पाकिस्तान एसियाको दोस्रो देश हो । यहाँ एचआइभीका विरामी लगातार बढिरहेका छन् । सन् २०१७ मा मात्रै पाकस्तिानमा २० हजार नयाँ संक्रमणको घटना अगाडी आएका थिए । पाकिस्तान गरीब देश भएकोले संक्रमितहरु एचआईभीको उपचार गराउन पनि सक्षम नभएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्