क्यानडाबाट आयात हुने सामग्रीमा भन्सार शुल्क हटाइयो



वासिंगटन (एजेन्सी)
अमेरिकाले क्यानाडाबाट आयात हुने स्टिल तथा आल्मुनियममा बढाएको भन्सार शुल्क हटाएको छ । अमेरिकाको यो कदमपछि नयाँ उत्तर अमेरिकी मुक्त ब्यापार सम्झौताले स्विकृति पाउन सक्छ ।

अमेरिका र क्यानाडाले एक संयुक्त विज्ञप्तीमा स्टिल माथि लगाइएको २५ प्रतिशत र आल्मुनियममा लगाएको १० प्रतिशत आयात कर ४८ घन्टामा अन्त्य हुने उल्लेख गरेको छ ।

यो नितिपछि अमेरिका र मेक्सिको बीच पनि यसतै प्रकारको सम्झौता हुन सक्ने अनुमान गरिएको छ । अमेरिकाले गत बर्ष राष्ट्रिय सुरक्षाको कारण देखाउँदै विभिन्न देशबाट स्टिल र आल्मुनियम आयातमा भारी शुल्क लगाएको थियो ।
आयात शुल्क हटाउनुको मुख्य उद्देस्य अमेरिका क्यानाडा र मेक्सिको बीचको ब्यापार सम्झौतालाई अनुमोदन गर्नु हो । उक्त सम्झौता सन् २०१८ मा हस्ताक्षर भएको थियो । यो सम्झौताले उत्तर अमेरिकी मुक्त ब्यापार सम्झौताको स्थान लिएको थियो ।

यदी अमेरिका र मेक्सिको पनि स्टिल तथा आल्मुनियममा लगाइएको भन्सार शुल्क हटाउन राजी हुन्छ भने दुबै देश आफनो सरकारसँग युएसएमसीएलाई अनुमोदनका लागि भन्न सक्छ ।

क्यानाडाले पनि अमेरिकाबाट आयात हुने स्टिल तथा आल्मुनियममा लगाइएको शुल्क हटाउने घोषणा गरेको छ । अमेरिकाले आयात शुल्क लगाउने फैसला गरेपछि क्यानाडाले पनि जवाफी कारवाही गरेको थियो ।
त्यो बाहेक क्यानाडाले अमेरिकी कृषी उत्पादनमा पनि आयात शुल्क लगाएको थियो ।

यद्यपी अमेरिकामा युरोपेली देशबाट आउने स्टिल तथा आल्मुनियममा उक्त शुल्क जारी रहने छ । यसबीच राष्डट्रपति ट्रम्पले युरोपेली देशका गाडी तथा गाडीका पुर्जा माथि आयात शुल्क लगाउने फैसला अहिलेका लागि रोकेको छ ।

युरोपेली संघ र जापानसँग ब्यापारिक वार्ताका लागि आफुले थप समय दिन चाहेकोले अमेरिकाले यसलाई अहिले ६ महिनाका लागि स्थगित गरेको बताए । अमेरिकाले युरोप रजापानबाट आयात हुने गाडी तथा पार्टपुर्जामाथि २५ प्रतिशत शुल्क लगाउने योजना बनाइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्