गर्भवतीको हत्या



शिकागो (एजेन्सी)
अमेरिकाको सिकागो प्रहरीले एक गर्भवती किसोरीको हत्याको आरोपमा तीनजनालाई पक्राउ गरेकोछ । हत्याराले गर्भवतीको हत्या गरेपछि गर्भको बच्चा निकालेर लगेको प्रहरीले बताएको छ ।

प्रहरीले ४६ बर्षिया क्लेरिसा फिग्युरोआ र उनकी छोरी २४ बर्षिय डेजरीमाथि हत्याको आरोपमा मुद्दा दर्ता गरेको छ । फिग्युरोआका प्रेमी ४० बर्षिय पायोट बोबकलाई पनि पक्राउ गरिएको छ । उनलाई हत्यामा मद्दत गरेको आरोप लगाइएको छ । यो अपराध घृणित र अत्यन्तै अशान्त पार्ने खालको भएको सिकागो प्रहरी प्रमुख एडी जोनसनले बताए ।

प्रतिक्रिया दिनुहोस्