घण्टाघर च्याम्पियन



काठमाडौं, (नेस)
आयोजक नेपाल सितोरियो कराते डो संघ, घण्टाघर शाखा डोजोले दोश्रो मनमोहन स्मृति उपत्यकाव्यापी कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । पुतलीसडकस्थित स्नो एपेक्स स्कुलमा भएको प्रतियोगितामा घण्टाघरले ६ स्वर्ण, ५ रजत र ६ कांस्य जित्यो ।

४ स्वर्ण, ३ रजत र ७ कांस्यमा माउन्ट ग्लोरी स्कुल दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको बौद्ध डोजोले ३ स्वर्ण, १ रजत र ३ कांस्य हात पा¥यो । पुरुषमा आयोजक घण्टाघरका अर्जुनकुमार बागचन तथा महिलामा केन्द्रीय डोजोकी अप्सरा श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिए ।

प्रतिक्रिया दिनुहोस्