सतासी प्रतशित कम्बोडयिालीमा इन्टर्नेटको पहुँच



नोम्पेन ।
एक करोड ६२ लाख जनसङ्ख्या भएको कम्बोडियामा ८६।७ प्रतिशत अर्थात् एक करोड ४१ लाख नागरिकको इन्टर्नेटमा पहुँच रहेको कम्बोडियाली दूरसञ्चार नियमक निकायले शनिबार बताएको छ ।

दूरसञ्चार कम्पनीले जम्मा गरेको अध्ययन प्रतिवेदनमा भनिएको छ, “कम्बोडियामा एक करोड ३९ लाख ४० हजार ९८५।६ प्रतिशत० नागरिकले मोबाइल फोनमार्फत इन्टर्नेटको सुविधा लिने गरेका छन् भने एक लाख ८१ हजार ३६ जनाले अर्थात् झण्डै १।१ प्रतिशत नागरिक विभिन्न इन्टर्नेट प्रदायक कम्पनीबाट स्थिर खालको सेवा लिने गरेका छन् ।”

दक्षिणपूर्वी एशियाली मुलक कम्बोडियामा जम्मा ३४ कम्पनीले स्थिर इन्टर्नेट सेवा उपलब्ध गराउँदै आएका पनि दूरसञ्चार नियमक निकायले जानकारी गराएको छ ।

प्रतिवेदन अनुसार मुलुकमा जम्मा छ मोबाइल फोन सेवा प्रदायक कम्पनी छन् । अहिलेसम्म ती कम्पनीले जम्मा एक करोड ९७ लाख सिम कार्डमार्फत सेवा लिइरहेका छन् । यसरी हेर्दा एक जना व्यक्तिले एक वा सो भन्दा बढी सिम कार्डबाट मोबाइल फोनको सुविधा लिने गरेका देखिन्छ ।

गत हप्ता चिनियाँ ख्यातिप्राप्त प्रबिधि कम्पनी हुवावेले फाइभ–जी नेटवर्क सञ्चालनका कम्बोडियाको दूरसञ्चार प्रदायक कम्पनीसँग सेवा बिस्तारका लागि सम्झौता गरेको चिनियाँ ख्यातिप्राप्त प्रबिधि कम्पनीले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । हुवावेको सेवा बिस्तारसँगै कम्बोडियामा इन्टर्नेटको गति थप तीव्र बन्ने र नागरिकले तीव्र गतिसहितको इन्टर्नेट सुविधाको उपयोग गर्नसक्ने हुवावेको दावी छ ।
हुवावेले बिस्तार गरिरहेको फाइभ–जी नेटवर्कको इन्टर्नेटको सुविधाबाट विश्वमा प्रबिधिजन्य कतिपय गतिविधिलाई उदाहरणीयरूपमा सुधार गर्न सकिने बताइएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्