दस करोड डलर चोर्ने समूह पक्राउ



वासिंगटन,(एजेन्सी)
मालवेयर प्रयोग गरेर ४० हजार भन्दा बढि व्यक्तिबाट दस करोड अमेरिकी डलर भन्दा बढि रकम चोरी एक अन्तर्राष्ट्रिय अपराधी समुहलाई नियन्त्रणमा लिइएको छ ।

प्रहरीले संयुक्त राज्य अमेरिका , बुल्गेरिया , जर्मनी, जर्जिया , मोल्डोभा र युक्रेनमा विशेष अनुन्धान गरेका थिए । यस समुहले गोज्नीम मालवेयरबाट कम्प्युटरहरुलाई संक्रमित गराई अनलाइन बैंकिंग विवरण कब्जा लिएर बैंकको खाता समम पुग्ने गरेको बुझिएको छ ।

अनलाइन फोरममा आफ्नो सिप र प्रतिभाबारे विज्ञापन गर्नेहरुबाट ति अपारधी पक्रउामा परेका हुन् । यस अनुसनधानको प्रतिवेदन हेग स्थित युरोपेली प्रहरी निकाय युरोपोलको प्रधान कार्यालयमा सार्वजनिक गरिएको हो । विभिन्न मुलुकको आपसी सहयोग आदान प्रदानको कारण यो अभियान सफल भएके युरोपोलले जनाएका ेछ ।

प्रतिक्रिया दिनुहोस्