ताइवानमा समलिंगी विवाह गर्न पाइने



ताइपेइ,(एजेन्सी)
समलिंगी विवाहलाई कानुनी मान्यता दिने ताइवानको संसद एसियाक ैपहिलो भएको छ । शुक्रवार यस विषयमा संसदमा मतदान भएको थियो । सन् २०१७ मा यस टापु राष्ट्रको संवैधानिक अदालतले समलिंगी जोडीहरुलाई कानुनी रुपमा विवाह गर्ने अधिकार रहेको निर्णय दिएको थियो ।

संसदलाई यसवारे कानुन बनाउन दुई वर्षको म्याद दिइएको थियो । यसको अन्तिम समय सिमा २४ मे सम्मरहेको थियो । विधायकहरुले समलिंगी विवाहलाई वैधानिकता दिने उद्देश्यले तीनवटा विधेयक माथि गम्भीर छलफल गरिसकेकपछि सवैभन्दा प्रगतिशिल विधेयक पारित गरेका हुन् ।

ऐतिहासिक निर्णय सुन्न राजधानी ताइपेइ स्थित संसद भवन बाहिर वर्षाको वास्ता नगरी हजारौं संख्यामा समलिंगी अधिकार समर्थकहरु प्रतिक्षामा बसेका थिए । आफ्नो पक्षमा निर्णय भएको खवर बाहिर आउनासाथ तिनीहरु खुशीले निक ैभावविह्ल भएका थिए । तर कन्जरभेटिभ विधायकहरु यस मतदानको कारण निक ैआक्रोसित भएका छन् । कन्जेरभेटिभहरुले विवाहको सटा समलिंगी परिवारको हैसियतले बस्न मिल्ने सम्बन्धी दुइवटा विधेयक पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्