मुखमा विस्फोट



नयाँदिल्ली,(एजेन्सी)
भारतको उत्तर प्रदेशको अलीगढमा विष सेवन गरेकी एक महिलाको उपचारको क्रममा एक अनौठो घटना घटेको छ । भारतयि संचार माध्यमले शिला देवी नामक ति महिलाको जवाहरलाल मेडिकल कलेजमा उपचार हुँदै गर्दा मुखमा बिस्फोट भएको जनाएको छ ।

महिलाको मुखबाट धुँवा निस्कनुका साथै आगो समेत लागेको देखेर उपचारमा खटिएका डाक्टरहरु अचम्ममा परेको बताइएको छ । विस्फोटकोे केही समय पछि उनको मृत्यु भएको थियो । पुलिस अधिकारी अरविन्द चौधरीका अनुसार उनलाई इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । यसबरे अनुसन्धान जारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्