बैगुनी माया



एउटा गीत छ –माया बैगुनी नभै नहुनी । जतिसुकै बैगुनी भए पनि माया चाहिन्छ भनेको होला । तर अर्काे पनि कुरा छ बैगुनी माया । हो, गोरखातिरका डा.साव यस्तै बैगुनी माया रहेछन् ।

उनले गत संसद्को चुनावमा जसरी पनि हात पार्न नेपाली काँग्रेससँग अप्राकृतिक मायाप्रति गाँसे । काँग्रेसले भएभरको माया खन्याएकाले जित्न सफल भएर संसद्मा नयाँ शक्तिको एक सिट भने पनि जोगाउन सके । तैपनि उनले पार्टीलाई नयाँ बनाउन सकेनन् ।

उनका पार्टीबाट नयाँ–पुराना मान्छे स्वारस्वार्ती अरु नै पार्टीमा फर्कन थाले । उनले वर्षाैँदेखि एकोहोरो प्रेम प्रस्ताव राख्खा राख्दा उपेन्द्र यादवले लभ गर्नै मानेनन् । बल्लतल्ल एक वर्षपछि उपेन्द्रको मन पग्लेछ । प्रेम प्रस्ताव स्वीकारे । बिहे पनि भयो । तर दाम्पत्य जीवन सफल हुने नहुने अझै टुङ्गो नलाग्दै यी डाक्टर सावलाई मात पो चढ्न थालेछ ।

हिजो जसले माया गरेर त्यो ठाउँमा पु¥याइदिएछन् उनी आफैँ भन्न थालेछन् –आफ्नै पूर्वपे्रमी काँग्रेसलाई म्युजियममा राख्नुपर्छ । यही भएर होला पूर्व माओवादीदेखि काँग्रेस सम्मले भन्ने गरेका होलान्–बैगुनी माया !

प्रतिक्रिया दिनुहोस्