ट्रम्प र मुनबीच वार्ता हुने



वासिङटन (एजेन्सी)
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ इनसँग भेटवार्ता गर्न जुनमा सोल भ्रमण गर्ने बताइएको छ । दुई राष्ट्रपति बीच उत्तर कोरियामाथि परमाणु हतियार नष्ट गर्न दबाव बनाउने प्रयासमा चर्चा हुनेछ ।

ट्रम्प र उत्तर कोरियाका नेता किम जोंग उन बीच फेब्रुअरीमा भियतनामको राजधानी हनोइमा भएको वार्ता परमाणु निसस्त्रिकरण सम्बन्धी कुनै सम्झोताबिना समय अगाडीनै समाप्त भएको थियो ।

उक्त वार्तापछि आगामी जुनमा हुने भनिएको ट्रम्प र मुन जेइ इन बीचको वार्ता दास्रो हुने छ । बुधबार ह्वाइट हाउसबाट जारी गरिएको एक विज्ञप्तीमा ट्रम्प र मुन उत्तर कोरियाको अन्तिम परमाणु निसस्त्रीकरण हासिल गर्ने प्रयासमा निकट समन्वय जारी राख्ने उल्लेख गरेको छ ।

दक्षिण कोरियाका राष्ट्रपति कार्यालयले एक विज्ञप्तीमा दुई नेताले कोरियाली प्रायद्विपमा पुर्ण परमाणु निसस्त्रिकरणका माध्यमबाट स्थायी शान्ति स्थापित गर्ने विषयमा वार्ता गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्