रातो मच्छिन्द्रनाथ जात्राको रथ तान्न डोरी तानातान



करिब दुई महिनासम्म मनाइने रातो मच्छिन्द्रनाथ जात्राको रथ तान्न डोरी तानातान गर्दै महिलाहरु।

वैशाखशुक्ल प्रतिपदादेखि सुरू भई असारशुक्ल चौथीमा समाप्त हुने पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको मच्छिन्द्रनाथ जात्राको रथ तान्न शुक्रबार बिहानैबाट महिलाहरुको भिड लागेको थियो।

प्रतिक्रिया दिनुहोस्