एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंक मर्ज हुने



नेपाल समाचारपत्र, काठमाडौं
एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंक एक आपासमा गाभिने भएका छन् । गाम्ने गाभिनेसम्बन्धी बिहीबार सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा एनएमबि बैंकको तर्फबाट सञ्चालक श्री प्रदीपराज पाण्डे र ओम डेभलपमेन्ट बैंकको तर्फबाट सञ्चालक योगेन्द्रलाल प्रधानले हस्ताक्षर गर्नुभयो ।

हाल एनएमबि बैंकले ११० वटा शाखा तथा ४ एक्सटेन्सन काउन्टर र ओम डेभलपमेन्ट बैंकले ५३ वटा शाखा तथा १ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छन् । मर्जरपश्चात बैंकको १६३ वटा शाखा र ५ वटा एक्सटेन्सन काउन्टर हुनेछ ।

यसैगरी हाल एनएमबि बैंकको १०१ वटा एटीएम र ओम डेभलपमेन्ट बैंकको १९ वटा एटीएम रहेकोमा मर्जर पश्चात १२० वटा एटीएम हुनेछ । मर्जरपश्चात बैंकको कुल पु“जी तथा जगेडा कोषमा वृद्धि भई २० अर्ब ४२ करोड हुनेछ भने निक्षेप र कर्जा क्रमशः १ खर्ब १९ अर्ब र १ खर्ब १३ अर्ब रुपिया“ पुग्नेछ ।

साथै मर्जर पश्चात बैंकको नाम एनएमबि बैंक लिमिटेड रहने छ ।

प्रतिक्रिया दिनुहोस्