सुरक्षा कारबाहीमा परी कम्तीमा ४७ लडाकू मारिए



कायरो ।
इजिप्टको उत्तर र मध्य सिनाईमा सरकारी सेनाले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा ४७ जना मारिएका छन् ।

इजिप्टको सेनाले बिहीबार दिएको जानकारी अनुसार उनीहरुले लडाकूका २९स्थानमा रहेका आश्रयस्थल ध्वस्त पारेका बताइएको छ ।

त्यसैगरी सरकारी सेनाले ९७ कार, विस्फोटक पदार्थ, आक्रमणका लागि तयारी अवस्थामा राखिएका अन्य सामग्रीहरु पनि नियन्क्रणमा लिइएको सेनाद्वारा जारी वत्तव्यमा उल्लेख छ ।
सेनाले घटनास्थलबाट खोजीको सूचीमा रहेका तथा अपराधी गरी १५८ जनालाई नियन्क्रणमा लिएको जनाएको छ ।

गोली हानाहानको त्रममा दुई सरकारी अधिकारी र तीन सैनिकहरु पनि मारिएका छन् भने चार सुरक्षाकर्मी मारिएका छन् । इजिप्टमा बेला बेलामा यस्ता आक्रमण र भिडन्तका घटनाहरू भइरहने गरेका छन् भने ती घटनामा परी सयौँ सुरक्षाकर्मीहरु मारिने गरेका छन् ।
रासस

प्रतिक्रिया दिनुहोस्