लायन्स क्लवको पढाऔँ अभियान, २० लाख छात्रवृत्ति वितरण



नेपाल समाचारपत्र, पर्वत ।
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५बि१ ले सञ्चालन गरेको पढाऔं अभियान अन्र्तगत एक बर्षमा झण्डै २० लाख रुपैंया छात्रबृत्ति बितरण गरेको छ ।

क्लबले एक बर्षको अवधीमा बिभिन्न जिल्लाका गरिब तथा जेहेन्दार बिद्यार्थीलाई १९ लाख ८७ हजार रुपैया छात्रबृत्ति बितरण गरेको छ ।
आर्थिक अभाबमा बिद्यालय शिक्षा पुरा गर्न नसकेका बिद्यार्थीलाई पढाउनका लागि लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५बी१ले गत बर्ष अभियानको रुपा अक्षयकोष स्थापना गरेर छात्रबृत्ति बितरण गर्न थालेको हो । यस बर्ष बिभिन्न जिल्लाका ३ सय ८७ जना बिद्यार्थीलाई छात्रबृत्ति बितरण गरिएको क्लबका पुर्ब डिक्ट्रिक्ट गर्भनर धनराज आचार्यले जानकारी दिनुभयो ।

छात्रबृत्ति बितरणका लाग देशभरका बिभिन्न क्लबका सदस्यहरुले ब्यक्तिगत रुपमा लायन्स मार्फत सञ्चालन गरेका बिभिन्न अक्षयकोषको रकम २ करोड २५ लाख रुपैंया पुगेको छ । अक्षयकोषलाई हरेक बर्ष बढाउँदै लैजाने उदेश्य राखिएको आचार्यले बताउनुभयो ।

यसैबिच लायन्स क्लबहरुका सदस्यहरुले स्थापना गरेका अक्षयकोषबाट पर्वत र बागलुङ्गका बिभिन्न सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई बिहीबार छात्रबृत्ति बितरण गरिएको छ । पर्वत र बागलुङ्ग जिल्लाका १६ बिद्यार्थीलाई सो अवसरमा छात्रबृत्ति बितरण गरिएको छ ।

बिद्यार्थीहरुलाई कुस्मा नगरपालिकाकी उपप्रमुख सिता काफ्ले लामिछानेले नगद हस्तान्तरण गर्नुभएको थियो । उक्त अवसरमा सामुदायिक बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीका लागि लायन्स क्लबले सञ्चालन गरेको पढाऔं अनुकरणीय अभियान भएको बताउँदै यस्ता अभियानले गरिब तथा जेहेन्दार बिद्यार्थीले धेरै अवसर पाउन सक्छन भन्नुभयो । जिल्ला शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुख उद्दिमराज पौडेलले सामुदायिक बिद्यालयहरुको शैक्षिक अवस्था जर्बजस्त सुधार गर्नुपर्ने बाध्यता रहेको अबस्थामा यस्ता छात्रबृत्तिले ठुलो सहयोग पाउनेछन भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्