अनेरास्ववियुको अध्यक्षमा ऐन महर



काठमाडौँ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्षमा ऐन महर चयन हुनुभएको छ । बिहीबार बालुवाटारमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठकले अनेरास्वावियुको अध्यक्षमा ऐन महर र सह–अध्यक्षमा रन्जित तामाङलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

महिला संयोजकमा अमृता थापा र सहसंयोजक सीता पौडेलको नाममा सहमति बनेको छ भने मजदुर विनोदमा श्रेष्ठ संयोजक र जगत सिम्खडा सहसंयोजक रहने सहमति छ ।

यसैगरि प्रेस संगठनमा महेश्वर दाहाल संयोजक र गणेश बस्नेत सहसंयोजक रहने गरी सहमति जुटाइएको छ भने बुद्धिजिवीमा दिनेशचन्द्र देवकोटा संयोजक र कृष्ण केसी उपसंयोजक रहने सहमति बनेको स्रोतको भनाई छ ।

यस्तै बैठकले युवा संगठनमा रामप्रसाद सापकोटा दिपशिखा अध्यक्ष र सह अध्यक्षमा रमेश पौडेललाइ जिम्मेवारी दिने निर्णय गरेको छ ।

जनबर्गीय संगठनका सवै नाम टुंग्याएर भोलि पार्टी एकताको एक वर्षको अवसरमा आयोेजित कार्यक्रममा घोषणा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्