मध्यरात ३८ किलो गाँजा बरामद



हेटौंडा ।
बुधबार राति करिब सवा १ बजे ३ नम्बर प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले ३८ किलो गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।

प्रनि पवनकुमार झासमेतको कमाण्डमा खटिएको संयुक्त टोलीले राक्सिराङ गाउँपालिका–१, गाल्सिराङस्थित सडकखण्डमा चेक गर्ने क्रममा दुङ्गुतर्फ आउँदै गरेको ना. १ ज ७३७९ नम्बर बोलेरो चेक गर्दा गाँजा फेला परेको हो ।

गाडीचालक राक्सिराङ–३, सरिखेत बस्ने वर्ष ४० का राजकुमार गोले र गाडीका यात्री सरिखेत बस्ने वर्ष ३४ का सोमबहादुर स्यांतानले गाडीभित्र लुकाइराखेको २ वटा बोरामा ३८ किलो ४ सय ग्राम लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाखसम्म जरिवानासहित गाडी जफत हुने प्रहरी दाबी छ ।

प्रतिक्रिया दिनुहोस्