चट्याङ लागी ३ जना घाईते, ५ पुशचपौयको मृत्यु



बुद्ध नेपाली, सिन्धुली ।
चट्यांङ लाग्दा यहाँको तिनपाटन गाउपालिका ७ आरुबोटेका तिन जना स्थानिय घाईते भएका छन् । पाच वटा पशु चौपायको मृत्यु भएको छ ।

बुधवार दिउसो पानीसँगै परेको चट्यांङ लाग्दा तिनपाटन गाउपालिका ७ आरुबोटेका बर्ष ३२ की उखमाया लामिछाने, मसराङगी मगरको छोरा बर्ष १३ का ज्ञान बहादुर मसराङगी मगर र बर्ष ३८ की सितामांया सार्की घाईते भएका हुन् ।

चट्याङका कारण सोही ठाउँका फरी बहादुर तामाङको ३ वटा बाख्रा, १ वटा बोको र १ वटा कुखुरा समेत मरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

सार्कीको सरीरमा कुनै चोट नदेखीएको भए पनि होस नआएकाले गएराती नै काभ्रेको धुलिखेल अस्पताल रिफर गरिएको सिन्धुलीका प्रहरी परिक्षक चक्र बहादुर सिँहले बताए ।

लामिछानेको अबस्था मध्यम र मसराङगी मगरको अवस्था सामान्य रहेकाले स्थानिय बाहुन तिलपुङ स्वास्थ चौकीमा उपचारपछि घर फर्किएका उपरिक्षक सिंहले जानकारी दिए ।

विज्ञहरुका अनुसार सिन्धुली चट्याङको उच्च जोखिम भएको जिल्ला भित्र पर्दछ । जिल्लाको तिनपाटन, मरिण, हरिहरपुरगढी, घ्याङलेख लगाएतका स्थानिय तहमा बर्षेनी मानिसको चट्याङका कारण मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्